हुलास स्टिलले पनि तिर्न थाल्यो डेडिकेटेडको बक्यौता
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत लिएका उद्योगले प्रिमियम महशुलको बक्यौता धामधम तिर्न थालेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने अडान लिएपछि उद्योगीहरुले बक्यौता तिर्न थालेका हुन् ।
अहिलेसम्म नतिर्ने अडान लिएर बसेको हुलास स्टिलले पनि बक्यौता तिर्न थालेको छ । यो उद्योगले १४ करोड १२ लाख बक्यौता तिर्न बाँकी छ । अब यो उद्योगले २८ वटा किस्तामा बक्यौता तिर्नेछ ।
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका छन् । यी तीन उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिएर बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए ।
विद्युत प्राधिरकणले असोज ११ गते नै डेडिकेडेड र ट्रंकलाइनको बक्यौता तिर्न आउन उद्योगीहरुलाई २१ दिनको समय दिएको छ । कात्तिक २ गतेसम्म महसुल नतिर्ने उद्योगको लाइन काट्ने तयारी प्राधिकरणको छ । अझै ३० वटा उद्योगहरु बक्यौता तिर्न प्राधिकरण्मा पुगेका छैनन् ।
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा
ईभी किन्ने र चढ्नेले बुझ्नैपर्ने ६ कुरा
स्वर्णिमले तनहुँमा खन्याए बजेट, दोहोरियो पुरानै प्रवृत्ति
माइक्रो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका


-1781681783.png)
-1781759377.png)




