डेडिकेटेड लाइनको महसुल नतिरेका ६ उद्योगको बिजुली काटियो
काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।
जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ ।
यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए ।
उनले किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने बताए ।
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा
ईभी किन्ने र चढ्नेले बुझ्नैपर्ने ६ कुरा
स्वर्णिमले तनहुँमा खन्याए बजेट, दोहोरियो पुरानै प्रवृत्ति
माइक्रो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका


-1781681783.png)
-1781759377.png)




