विपी राजमार्गका लागि जापानको २ अर्ब ६० करोड अनुदान
विपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण गर्न जापान सरकारले सघाउने भएको छ । यसका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्तक्षर भएको छ ।
यो रकम बिपी राजमार्गको सिन्धुली जिल्लातर्फ बाढीका कारण क्षतिग्रस्त भएको सडक पुननिर्माणमा खर्च हुनेछ ।
अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थतिमा अर्थ मन्त्रालयमा भएको एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भयो । जापानले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन अर्थात् करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्रदान गरेको छ ।
अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरे ।
अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे ।
हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वर खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गरे । जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले अहिले दिएको अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको पनि बताए ।
जापानका राजदूत तोरु माएदाले जापानले दिएको यो अनुदान सहयोगले विपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न सहयोग पुग्ने बताए ।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लामो विपी राजमार्ग नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो । गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए ।
अहिले सरकारले केही खण्डहरू मर्मत गर्न ठेक्का लगाइसकेको छ । सिन्धुलीतर्फको सडक भने जाइकाको अनुदान पक्का भएपछि मात्रै ठेक्का लगाउने भनेर रोकिएको छ । अब सडक विभागले बाँकी खण्डको पनि ठेक्का गर्नेछ ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

