एक्सप्लेनर भिडियो
बालेन र सिंहदरबार भिडाउने काठमाडौं टावर
- काठमाडौंका मेयर बालेन शाह र सिंहदरबारबीच भइरहेको पछिल्लो टकरावको जरो खोज्दै जाँदा पुगिन्छ, काठमाडौं टावर ।
- पुरानो बसपार्कमा काठमाडौं टावर बनाउन थालेको ९ वर्ष भइसक्यो, यही टावरको नक्साबाट उत्पन्न विवादलाई लिएर संघीय सरकार र मेयर बालेन आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् ।
- २०८१ असोज १० गते सहसचिव सरोज गुरागाइँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर पुगे । उनले पद सम्हालेको भोलिपल्टै काठमाडौं टावरको नक्सापासको प्रमाणपत्र जारी गरिदिए । तर मेयर बालेनलाई थाहा पनि दिएनन् ।
- मेयर बालेनले पनि गुरागाईंलाई छानबिन नसकिन्जेल बिदामा बस्न लगाए ।
- उनी बिदामा बसेपछि मेयरदेखि सफाइ कर्मचारीले २ महिनादेखि तलब खान पाएका छैनन् । शिक्षकहरुको तलब पनि ठप्प छ । ठूला आयोजनाको भुक्तानी पनि ठप्प छ ।
- काठमाडौं टावर बनाइरहेको जलेश्वर स्वच्छन्द बिकोइ जेभीका सञ्चालक हुन्, मनोज भेटवाल ।
- काठमाडौंको आकाशे पुलका सटर र विज्ञापनहरुबाट राम्रो कमाइ गरेका मनोज भेटवालको त्यही मोडलमा पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने योजना छ ।
- उनी बैंकको कालोसूचीमा परेका व्यक्ति पनि हुने । एकपछि अर्को विवादमा मुछिँदा पनि भेटवाल काठमाडौं टावर बनाउने योजनाबाट भने पछि हटेनन् ।
- किनभने काठमाडौं टावरमा उनी मात्र होइन, केही बैंकर, नेता, काठमाडौं महानगरकै केही कर्मचारीहरुको समेत स्वार्थ जोडिएको छ ।
प्रकाशित मिति:
शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





