स्काउटको जग्गामा गिद्दे दृष्टि, जेनजी मन्त्रीको एक्सन
पूर्व ऊर्जामन्त्री तथा काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले अझै नेपाल स्काउटको जग्गाको भाडा बुझाएको छैन । स्काउट अहिलेसम्म उनको राजनीतिक शक्तिको अघि निरीह थियो ।
जेनजी आन्दोलनपछि बब्लु गुप्ता खेलकुद मन्त्री भएर आएपछि उनले बाँकी भाडा उठाउन स्काउटलाई निर्देशन दिएका छन् । त्यसअनुसार नेपाल स्काउटले स्काउटले भाडा तिर्न आउन भन्दै सात दिने सूचना निकालेको छ।
नत्रन भने खड्का ल्याण्ड डेभलपमेन्टले बनाएको बनाएका संरचना र त्यहाँ रहेको सरसामान जफत गर्ने स्काउटको चेतावनी छ । जफत गरेर पनि भाडा रकम अपुग हुन आए घरजग्गा र जायजेथाबाट असुल–उपर गरिने सूचनामा उल्लेख छ ।
बिहीबार स्काउटले निकालेको सूचनाअनुसार २०८१मा सिलबन्दी गरिएपछि पनि भाडा रकम चुक्ता भएको छैन । के हो यो जग्गा भाडा विवाद भन्नेबारे नेपाल शोको यो फिल्ड एक्स्प्लेनर भिडियो हेर्नुस् ।
प्लटिङको जग्गामा हदबन्दी हटाउन व्यवसायीको माग
'पहिले भन्दा झन् राम्रो र सुरक्षित छ दाउरा थकाली'
नेपाली अर्बपतिसँग म्यारियटको दोस्ती
फ्लाइट डिले भए यात्रुलाई क्षतिपूर्ति !
सरकारी वितरण केन्द्रमै ग्यास अभाव, रित्तै फर्किंदै उपभोक्ता







