नेभिगेशन
अर्थ

स्काउटको जग्गामा गिद्दे दृष्टि, जेनजी मन्त्रीको एक्सन

पूर्व ऊर्जामन्त्री तथा काँग्रेस नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले अझै नेपाल स्काउटको जग्गाको भाडा बुझाएको छैन । स्काउट अहिलेसम्म उनको राजनीतिक शक्तिको अघि निरीह थियो । 

जेनजी आन्दोलनपछि बब्लु गुप्ता खेलकुद मन्त्री भएर आएपछि उनले बाँकी भाडा उठाउन स्काउटलाई निर्देशन दिएका छन् । त्यसअनुसार नेपाल स्काउटले स्काउटले भाडा तिर्न आउन भन्दै सात दिने सूचना निकालेको  छ। 

नत्रन भने खड्का ल्याण्ड डेभलपमेन्टले बनाएको बनाएका संरचना र त्यहाँ रहेको सरसामान जफत गर्ने स्काउटको चेतावनी छ । जफत गरेर पनि भाडा रकम अपुग हुन आए घरजग्गा र जायजेथाबाट असुल–उपर गरिने सूचनामा उल्लेख छ ।

बिहीबार स्काउटले निकालेको सूचनाअनुसार २०८१मा सिलबन्दी गरिएपछि पनि भाडा रकम चुक्ता भएको छैन । के हो यो जग्गा भाडा विवाद भन्नेबारे नेपाल शोको यो फिल्ड एक्स्प्लेनर भिडियो हेर्नुस् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ