जेनजी आन्दोलनपछि बन्द चन्द्रागिरि केबलकार फेरि खुल्दै
६० दिनपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र अगजनी भएपछि केबलकार अस्थायी रूपमा बन्द भएको थियो ।
अब नियमित रुपमा केबलबारबाट भालेश्वर महादेव मन्दिर दर्शन गर्न जान पाइनेछ । पर्यटकहरुले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु पनि पाउन सक्नेछन् ।
तोडफोडबाट केबलकार बटम स्टेसनमा ठूलो क्षति भएको थियो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका प्राविधिक टोलीले आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणको काम गरेपछि पुनः सञ्चालन गर्न लागिएको हो ।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालका अनुसार सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमले निरन्तर कडा मेहनत गरेको थियो ।सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुलाई उनले आमन्त्रण पनि गरेका छन् ।
सेवा बन्द हुनु अघि चन्द्राागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन पुग्थे । सेवा सञ्चालन गर्न स्थानीय समुदायले गरेको सहयोगप्रति कम्पनीले आभार प्रकट गरेको छ ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





