जेनजी आन्दोलनपछि बन्द चन्द्रागिरि केबलकार फेरि खुल्दै
६० दिनपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र अगजनी भएपछि केबलकार अस्थायी रूपमा बन्द भएको थियो ।
अब नियमित रुपमा केबलबारबाट भालेश्वर महादेव मन्दिर दर्शन गर्न जान पाइनेछ । पर्यटकहरुले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु पनि पाउन सक्नेछन् ।
तोडफोडबाट केबलकार बटम स्टेसनमा ठूलो क्षति भएको थियो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका प्राविधिक टोलीले आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणको काम गरेपछि पुनः सञ्चालन गर्न लागिएको हो ।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालका अनुसार सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमले निरन्तर कडा मेहनत गरेको थियो ।सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुलाई उनले आमन्त्रण पनि गरेका छन् ।
सेवा बन्द हुनु अघि चन्द्राागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन पुग्थे । सेवा सञ्चालन गर्न स्थानीय समुदायले गरेको सहयोगप्रति कम्पनीले आभार प्रकट गरेको छ ।
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?
ठूला पार्टीका 'फाउन्डेसन'ले हत्याएको डेढ अर्ब बजेट रोक्का
किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण
झापामा बन्ने ३ अर्बको बहुतले पार्किङको नालीबेली



-1765982600.jpg)

