नेभिगेशन
एक्सप्लेनर भिडियो

पूर्वमन्त्रीले हडपेको स्काउटको जग्गामा बालेनको डोजर

काठमाडौं । नेपाल स्काउटको जग्गामा अनाधिकृत तवरले बनेको भौतिक भत्काइएको छ । नेपाल स्काउट र काठमाडौं महानगरपालिकाले डोजर चलाएर संरचना भत्काएको हो । 

पूर्व ऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रालिले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । 

काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको २०७५मा जग्गा भाडामा लिएका थिए । त्यहाँ पार्टी प्यालेसर र रेस्टुरेन्ट बनाएर चलाएका थिए । जग्गाको भाडा लामो समयदेखि तिरेको थिएनन् । 

कात्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीवारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको हो ।

हेर्नुस् यो फिल्ड एक्सप्लेनर भिडियो  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो