जनताको नासो फिर्ता गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षपछि खुलामञ्च खुला गर्ने घोषणा गरेको छ । कुनै विशेष प्रयोजनका लागि हैन, मेयर बालेन शाहाले खुलामञ्च सबैका लागि सधैंका लागि खुला गर्ने घोषण गरेका छन् ।
२०७२मा काठमाडौं टावर बनाउनन्दै पुरानो बसपार्कलाई खुला मञ्चमा सारिएपछि अतिक्रमणको चपेटामा परेको थियो । त्यहाँ निर्माण कम्पनीका क्याम्प र गोदामघर बनेका थिए ।
२०७७मा 'अकुपाइ टुँडिखेल' अभियान सुरु भएपछि खुलामञ्च खाली भयो, तर खुला भएन ।
मेयरमा बालेन शाह निर्वाचित भएर आएपछि यसमा भूमिगत पार्किङ बनाउने घोषणा गरेका थिए ।
तर, चौतर्फी विरोध पछि उनले योजना स्थगित गरेर खुलामञ्चलाई प्राकृतिक तवरमै छोड्ने निर्णय गरे । कुनै बेला राजनीतिक, सामाजिक तथा सांस्कृति कार्यक्रम गर्ने थलो थियो खुलामञ्च । त्यसैले खुलामञ्चलाई खुलापन र अभिव्यक्ति स्वतन्त्रताको प्रतीक मान्नेहरू प्रशस्तै छन् ।
तर, खुलामञ्च खुला नहुँदा सडकमै कार्यक्रमहरु भए । खुलामञ्चभित्र टहलिन जाने, घाम ताप्न जाने र विरोध तथा जागरणका स्वर उठाउन जानेहरु पस्नै पाएनन् ।
अहिले काठमाडौं महानगरपालिकाले यसलाई पुनर्निमाण गरेर फेरि खुला गर्ने निर्णय गरेको छ । फेरि जनताको नासो जनतालाई नै फिर्ता दिने घोषणा गरेको छ ।
यसैबारेको यो फिल्ड एक्सप्लेनर भिडियो र्हेनुस्
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा
नेपालको एक असफल परियोजना, कायापलटको सपना अधुरै
अनियमितताले उठ्न नसकेको महानगरको भवन



-1765351207.jpg)


