जनताको नासो फिर्ता गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षपछि खुलामञ्च खुला गर्ने घोषणा गरेको छ । कुनै विशेष प्रयोजनका लागि हैन, मेयर बालेन शाहाले खुलामञ्च सबैका लागि सधैंका लागि खुला गर्ने घोषण गरेका छन् ।
२०७२मा काठमाडौं टावर बनाउनन्दै पुरानो बसपार्कलाई खुला मञ्चमा सारिएपछि अतिक्रमणको चपेटामा परेको थियो । त्यहाँ निर्माण कम्पनीका क्याम्प र गोदामघर बनेका थिए ।
२०७७मा 'अकुपाइ टुँडिखेल' अभियान सुरु भएपछि खुलामञ्च खाली भयो, तर खुला भएन ।
मेयरमा बालेन शाह निर्वाचित भएर आएपछि यसमा भूमिगत पार्किङ बनाउने घोषणा गरेका थिए ।
तर, चौतर्फी विरोध पछि उनले योजना स्थगित गरेर खुलामञ्चलाई प्राकृतिक तवरमै छोड्ने निर्णय गरे । कुनै बेला राजनीतिक, सामाजिक तथा सांस्कृति कार्यक्रम गर्ने थलो थियो खुलामञ्च । त्यसैले खुलामञ्चलाई खुलापन र अभिव्यक्ति स्वतन्त्रताको प्रतीक मान्नेहरू प्रशस्तै छन् ।
तर, खुलामञ्च खुला नहुँदा सडकमै कार्यक्रमहरु भए । खुलामञ्चभित्र टहलिन जाने, घाम ताप्न जाने र विरोध तथा जागरणका स्वर उठाउन जानेहरु पस्नै पाएनन् ।
अहिले काठमाडौं महानगरपालिकाले यसलाई पुनर्निमाण गरेर फेरि खुला गर्ने निर्णय गरेको छ । फेरि जनताको नासो जनतालाई नै फिर्ता दिने घोषणा गरेको छ ।
यसैबारेको यो फिल्ड एक्सप्लेनर भिडियो र्हेनुस्
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




