काम नगरेपछि पूर्वमुख्यमन्त्रीको कम्पनीको ठेक्का तोडिंदै
काठमाडौं । सडक विभाग अन्तरगतको हुलाकी राजमार्ग निर्देशनालयले एकैपटक ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । आयोजनाको योजना कार्यालय धनुषाले एक सूचना जारी गर्दै बाग्मतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको ठेकेदार कम्पनीसहितले लिएका ठेक्काहरु तोड्ने १५ दिने सूचना निकालेको हो ।
आयोजनाले कांग्रेसका प्रदेश सांसद तथा पूर्वमुख्यमन्त्री लामाको ठेकेदार कम्पनी हिमदुङ एन्ड थोकरसहित हिरा नमिता जेभीले लिएको शितलपुर–मलंगवा–खरैयाटोल खण्डको ठेक्का तोड्न लागेको हो । यो सडकखण्ड वर्षौंदेखि अलपत्र हुँदा पनि ठेकेदार कम्पनीले काममा चासो दिएको छैन ।
यस्तै आयोजनाले सुगम निर्माण सेवाले ठेक्का लिएका तीन वटा ठेक्काहरु तोड्ने प्रक्रिया समेत अघि बढाएको छ । धुकुचु कन्स्टक्सन र दिवा सेवा निर्माण सेवाले लिएका ठेक्काहरु पनि किन ताड्ने भन्दै सूचना प्रकाशित भएको छ ।
१५ दिनभित्र ती कम्पनीलाई ठेक्का तोड्न नपर्ने स्पष्ट कारण र आधार पेश गर्न भनिएको छ । आयोजनाले काम नभएका सबै आयोजनामा काम अघि बढाउन पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरिएकाले ठेक्का तोड्न लागिएको उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले काम नगर्ने ठेकेदार कम्पनीहरुसँगको ठेक्का तुरुन्त तोड्न निर्देशन दिँदै आएका छन् । उनले कुनै पनि ठेकेदारलाई राजनीतिक संरक्षण नदिने भन्दै काम नगर्नेहरुमाथि कारवाहीको प्रक्रिया बढाउन निर्देशन दिएका छन् ।
उनको निर्देशनपछि सडक विभागले २०० भन्दा बढी ठेक्का तोड्न लागेको छ । सिँचाइ विभागले पनि कयौं ठेक्का तोड्न लागेको छ । 
रास्वपा किन फेर्न चाहन्छ भारुसँगको फिक्स्ड सटही दर ?
नयाँ मन्त्रीहरुलाई छैन क्वार्टर, कहाँ बस्छन् ?
ग्यास संकट : दैलेखको ग्यास निकाल्न मिल्दैन ?
रास्वपाको सरकारले कर घटाउँछ ?
नेपालको भविष्य बदल्ने एउटा सुरुङमार्गको दुःखान्त

-1773930665.jpeg)



