प्रभु बैंकका सीईओसहित ३ वरिष्ठ अधिकारी पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित ३ जना वरिष्ठ कर्मचारीहरुलाई पक्राउ गरेको छ ।
सीआईबीले उनीहरुलाई बैंकिङ कसुरसँग जोडिएको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराम पोखरेल र चिफ रिस्क अफिसर रिवाज श्रेष्ठ रहेका छन् ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बैंकिङ कसुर गरेको अभियोगमा अनुसन्धान हुनेछ । बैंकलाई हानीनोक्शानी पुर्याएको र कर्जाको दुरुपयोग गरेको विषयमा अनुसन्धान हुने उनको भनाइ छ ।
यसअघि सीआईबीले प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनलाई प्रभु मनि ट्रान्सफरको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरेको थियो । अहिले उनी हिरासतमुक्त भइसकेका छन् ।
तर उनीसँग बयानपछि केही विषयमा अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकका उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेका सीआईबीका प्रवक्ता एसएसपी श्रेष्ठले बताए ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





