चलाउन हैन, भ्रष्टाचार गर्न बनाइएको हेलिपोर्ट
भक्तपुरको नलिञ्चोकमा १५ करोड खर्चिएर बनाइएको हेलिप्याड । तर, यो उपयोगमै छैन ।
यो हेलिप्याड बनाउँदा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ ।
यो प्रकरमण्मा १३ करोड ५६ लाख भ्रष्टचार भएको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निर्देश्क मुरारी भण्डारीसहित ६ जनाविरुद्ध मुद्दा चलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हचुवामा यो हेलिप्याड बनायो । निर्माणपूर्व प्राविधिक र व्यवहारिक पक्ष विचार नगर्दा यो हेलिप्याडमाथि प्रश्नै प्रश्न छन् ।
यसले प्राधिकरणको करोडौं लगानी बालुवा पानी हाले जस्तो मात्रै भएको छैन, यो हेलिप्याड जबरजस्ती चलाउने प्राधिकरणको प्रयासले हेलिकप्टर कम्पनीहरु प्रताडित छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक बढेको भन्दै काठमाडौंबाट हेलिप्याड सार्ने गरी भक्तपुरमा नलिञ्चोक हेलिप्याड बनाइएको हो ।
भक्तपुरको सूर्यविनायक १० नलिञ्चोकको यो हेलिप्याड हेर्दा सुन्दर छ । तर, जे उपयोगका लागि यो बनाइयो, त्यसमा उपयोग गर्न नै नसकिने अवस्था छ । किन त ?
अहिले त्रिभुवन विमानस्थलको हेलिप्याड भद्रगोल छ । प्यासेन्जर पिक अप र ड्रपको स्थान नै तोकिएको छैन । सवारी पार्किङ गर्ने क्षेत्र समेत छुट्याइएको छैन । यसले जोखिमयुक्त तवरले सवारीहरु हेलिप्याडमा पिक अप र ड्रप गनुपर्ने अवस्था छ ।
हेलिप्याडमा २४ वटा नन स्टान्डर्ड पार्किङ छन् । २ वटा मझौला हेलिकप्टरका लागि पार्किङ पनि छ । सबै हेलिकप्टरहरु पार्किङमा रहँदा उडान तथा अवतरणमा समस्या पर्ने गरेको छ ।
त्यसै कारण प्राधिकरणले नेभिगेसन उपकरण राख्न २०३७ सालमै किनेको नलिञ्चोकको जग्गामा हेलिप्याड बनायो । तर, यो हेलिप्याड अहिले बस्तीका बीचमा छ । यहाँ बस्ती बढेको बढ्यैछ ।
बस्ती र हेलिप्याडबीचको दूरी २०० मिटर मात्रै छ । यस्तो अवस्थामा यो हेलिप्याडले वरपरका ३ देखि ४ सय घुरधुरीलाई प्रभावित गर्छ ।
यो १७ वटा हेलिकप्टर सञ्चालन गर्न सकिने गरी बनाइएको छ । तर, हेलिप्याडबाहेक अरु कुर्नै पनि आधारभूत पूर्वाधार छैनन् ।
हेलिप्याडको चारैतिर बार त लगाइएको छ । तर, त्यो मान्छेले सजिलै नाघ्न सक्ने खालको छ । यसको हवाई सुरक्षामा चुनौती दिन्छ ।
यहाँ न यात्रु चेकिङ कक्ष छ । न सुरक्षाकर्मी बस्ने ब्यारेक छ न त सामान्य ड्युटी पोस्ट नै ।
न यहाँ यात्रुका लागि टर्मिनल भवनको कुरा छाडौं, विश्राम कक्ष समेत छैन । सवारीहरु पार्क गर्न समेत ठाउँ छैन ।
यहाँ विमानको इन्जिन स्टार्ट गर्न काठमाडौं टावरमा सोध्नुपर्ने अवस्था छ । तर, काठमाडौं टावरसँग विमानहरुको सञ्चार सम्पर्क गर्न छुट्टै भवन समेत छैन ।
स्थानीय मौसमको सूचना लिन अरु मौसमी पूर्वाधार समेत छैनन् । यसो हुँदा भिजिबिलिटी एकिन गर्न हेलिकप्टरहरुलाई समस्या समेत हुन्छ ।
यो हेलिपोर्टका लागि फ्युल स्टोरेज पूर्वाधार समेत बनेको छैन । हेलिपोर्ट नजिकै दक्षिणपूर्वी भागबाट ११ केभीको प्रसारणलाइन समेत गएको छ । यसले हेलिकप्टरको उडान अवतरणमा गम्भीर हवाई सुरक्षाको जोखिम छ ।
अझ यत्रो हेलिपोर्ट बनाउँदा फायर फाइटिङको कुनै पनि व्यवस्था गरिएको छैन । कुनै कारणले हेलिपोर्टमा आगलागी भए वा दुर्घटना भए त्रिभुवन विमानस्थलबाट दमकल जानुपर्ने हुन्छ । यत्रो हेलिपोर्ट बनाउँदा उद्धारका लागि समेत कुनै सोच र दृष्टिकोण राखेर पूर्वाधार बनेका छैनन् ।
अरु छाडिदिनुस्, हेलिपोर्टमा एप्रोन क्षेत्रका लागि फ्लडलाइट समेत छैन ।
यो हेलिपोर्टमा २०८० मंसिर २६ गते परीक्षण उडान गरिएको थियो । प्राधिकरणले यो हेलिपोर्टबाट उडान अनिर्वाय गर्न खोजेको थियो ।
तर, यो हेलिपोर्ट असुरक्षित र अव्यवहारिक भएको भन्दै हेलिकप्टर कम्पनीहरुले उडान गर्न मानेनन् । तर, अहिलेसम्म पनि यो हेलिपोर्ट जबरजसती गरिएका कारण मात्रै चलिरहेको छ ।
यो होलिपोर्ट निर्माण सुरु हुँदादेखि नै चलाउने भन्दा पनि अनियमितता गर्ने निय राखिएको थियो । यसमा कसरी भ्रष्टाचार भयो त ?
यसबारेको यो फिल्ड एक्स्प्लेनर :
प्रदीप अधिकारीको पैसा, पावर र पतनको कथा
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा




-1765982600.jpg)


