नेभिगेशन
अर्थ

किष्ट बैंक र कमल ज्ञवाली सम्झाउने प्रभु बैंक प्रकरण

त्यो किस्ट बैंक, अनि यो प्रभु बैंक । ती कमल ज्ञावली र यी ओशक शेरचन ।

नाम अलग भएपनि बैंक एउटै, कार्यालय भवन एउटै । अनि कथा, कर्म र नियति पनि उस्तै उस्तै ।

१५ वर्षअघि यो भव्य भवनमा रहेको किस्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञावलीले जे गरे, अहिले यहीँ बसेर प्रभु बैंकका सीईओ शेरचनले पनि त्यह्री गरे ।

त्यसैले कमल र अशोकले एउटै खालको नियति भोग्नुपर्‍यो, बदमासी, बदनामी र हिरासतको चिसो । 

काठमाडौंको बिजुलीबजारको प्रभु बैंकको केन्द्रीय कार्याल देख्नु भएकै होला, १५ वर्षअघि नै यो स्तरको भव्य भवन बनाउन सपना देख्ने व्यक्ति हुन्, कमल ज्ञवाली ।

त्यतिबेला उनी किष्ट बैंकको हर्ताकर्ता थिए । किस्टको प्रवन्ध सञ्चालक रहँदा नै उनले वाणिज्य बैंकको हेड अफिस भाडाको घरमा हैन, आफ्नै ठूलो कर्पोरेट टावरमा बस्नुपर्छ भनेर ७ तलाको यो भवनको निर्माण गराएका थिए । अहिलेसम्म पनि अरु बैंकहरुले समेत यतिको कर्पोरेट टावर बनाउन सकेका छैनन् ।

हो, यही टावरमा बसेर कमल ज्ञावली बैंकिङ क्षेत्रको बादशाह बन्ने दौडमा थिए । उनले बैंकिङ क्षेत्रमा यति छिटो सफलता पाइरहेका थिए कि त्यसले उनलाई महत्वकांक्षाको सिँढी चढाउँदै थियो ।

२०५९ सालमा ज्ञावलीकै पहलमा किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी खुलेको थियो । २०६६ सालमा त्यही फाइनान्सले बैंकको लाइसेन्स पायो । त्यसपछि किष्ट बैंक बजार रणनीतिमा यति आक्रमक देखियो कि अरु वाणिज्य बैंकहरु हेरको हेरै भए ।

त्यतिबेला काठमाडौं बाहिर साना शहरमा बैंकका शाखाहरु एकदमै कम थिए । एटीएम बुथहरु त राख्ने चलन नै थिएन । तर, किष्ट बैंकले देशभर ५० भन्दा बढी शाखा खोल्यो । ठाउँ–ठाउँमा एटीएम बुथहरु राख्यो ।

सबैभन्दा बढी शाखा भएको र एटीएम सेवा दिने बैंक बन्यो, किष्ट । त्यसैले बैंकहरुको भीडमा किष्ट उदाउँदो वाणिज्य बैंकका रुपमा चिनियो ।

सेवा पनि अरुभन्दा छिटो र स्मार्ट थियो । बलियो नेटवर्क भएका कारण बैंकले सुरुकै वर्षहरुमा राम्रो निक्षेप संकलन गर्‍यो ।

यसमा बैंकको पावरफूब ब्रान्डिङ पनि कारण थियो, किष्टले ‘पावर टु सक्सिड’ नारामा सञ्चारमाध्यममा विज्ञापन बजाउँथ्यो । विज्ञापन मात्रै हैन, प्रबन्ध सञ्चालक कमल ज्ञवालीका अन्तरवार्ताहरु पनि सञ्चारमाध्यमका लागि विशेष खुराक बन्थे । मिडियमा उनलाई निकै सफल बैंकरका रुपमा प्रस्तुत गरिन्थ्यो । उनले आफ्नो ब्राण्डिङ गर्न कर्म नामको आत्मकथा समेत लेखेका थिए ।

पुस्तकमा उल्लेख भएअनुसार गुल्मीको मध्यमवर्गीय परिवारका ज्ञवाली १० हजार रुपैयाँ लिएर काठमाडौं छिरेका थिए । उनले किष्ट बैंकमा प्रबन्ध सञ्चालक हुँदासम्म ३ अर्बभन्दा बढीको सम्पत्ति जोडिसकेका थिए ।

उनी बैंक मात्रै चलाउँदै थिएन, घरजग्गा र सेयरमा ठूलो लगानी गरिरहेका थिए ।

२०६२/६३ को जनआन्दोलनपछि घरजग्गाको व्यापरमा तीव्र उछाल आइरहेको थियो । दिन दुई गुणा रात चौगुणाका दरले जग्गाको मूल्य बढिरहेको थियो ।

किनभने त्यतिबेला बैंकहरुले घरजग्गा र सेयरमा मनपरी लगानी गरिरहेका थिए । बैंकबाट ऋण लिएर घरजग्गामा पैसा हाल्ने अनि मूल्य बढाएर बेचिहाल्ने क्रमले देशभरकै घरजग्गाको कारोबार चम्किएको थियो ।

यही बेलामा बैंकिङ क्षेत्रमा राज गरिरहेका ज्ञवालीले आफ्नो व्यक्तिगत लगानी पनि घरजग्गाको व्यापरमा लगाएका थिए, ठूला जग्गा कारोबारीहरुसँग साझेदारी गर्दै उनी अर्वपति बनिसकेका थिए ।

२०६६ सालको मध्यपछि त देशभर घरजग्गाको कारोबारले एउटा सीमा नै नाघ्यो । त्यतिबेला गभर्नर थिए, विजयनाथ भट्टराई । भट्टराईले घरजग्गामा हुने ऋण लगानी कस्ने गरी नीति ल्याए । अब बैंकले २५ प्रतिशतभन्दा बढी कर्जा घरजग्गामा लगाउन नपाउने भए ।

त्यसपछि बैंकहरु मात्रै हैन, ज्ञवालीजस्ता घरजग्गा र सेयरमा लगानी गरिरहेकाहरु समस्या परे ।

त्यतिबेला किष्ट बैंकको पनि ५० प्रतिशतभन्दा बढी लगानी घरजग्गामै थियो । राष्ट्र बैंकको कसिलो नीतिपछि घरजग्गा र सेयर बजारमा पहिरो नै गयो । घरजग्गाको कारोबारमा ठूलो मन्दी छायो ।

यसले ज्ञावली समस्यामा परे । झन् युवराज खतिवडा गभर्नर भएपछि त घरजग्गामा हुने लगानीमाथि थप अंकुश लाग्यो । यही कारण ज्ञवालीले आफ्नो घरजग्गा कारोबारका लागि लिएका ऋणहरुको व्यवस्थापन गर्न सकेनन् । आफूसँग भएको सम्पत्ति बेचेर व्यवस्थापन गर्न भन्दा उनी थप ऋण खोजेर समस्या टार्न तिर लागे । उनले गलत र गैर कानुनी बाटो समाते ।

२०६७ असोजमा ज्ञवालीले आफ्नी श्रीमती संलग्न रहेको जम्को प्रकाशनलाई व्यवसाय विस्तारका लागि भन्दै किष्ट बैंकबाटै ऋण दिलाए । १५ करोड ऋण लिएपनि जम्को यत्रो ऋण दिन मिल्ने कारोबार भएको कम्पनी नै थिएन । अनि राखेको कमसल धितो पनि ऋण बाराबरको मूल्यको पनि थिएन ।

राष्ट्र बैंकले १२ करोडबराबरको धितो भएको भन्दै जम्कोबाट ३ करोड उठाइहाल्न भन्यो । किष्ट बैंकले ३ करोड उठायो पनि ।

ज्ञवालीमाथि त्यतिबेलै ५ लाख जरिवाना भयो । तर त्यतिबेला जम्कोका सञ्चलक किशोर ढकालले तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकबाट समेत १३ करोड ऋण लिएको खुल्यो । यसमा पनि कमशल धितो प्रयोग भएको भेटियो । र, यो ऋण रकम जम्कोमा खर्च नगरी कमल ज्ञवाली र उनको श्रीमतीले नै खर्च गरेको पाइयो ।

ज्ञवालीले गरेको बदमासी थाहा पाएपछि राष्ट्र बैंकले किष्टमा हस्तक्षेप थाल्यो । यही कारण ज्ञवालीले राजीनामा दिए ।

त्यतिबेला ज्ञवालीले किष्टमा रहेको आफ्नो सेयर बचेर ऋण व्यवस्थापन गर्न खोजेका थिए । तर, राष्ट्र बैंकले ज्ञवालीको सबै सम्पत्ति रोक्का गरिदिएको थियो । राष्ट्र बैंकदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेपछि ज्ञवाली फरार भए । बैंकमा अरु उच्च व्यवस्थापकहरु समातिए ।

बैंकिङ कसुरको मुद्दामा उनी र उनकी श्रीमती दोषी ठहर भइसकेका थिए । पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले ज्ञवालीलाई चार वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवानाको सजाय तोक्यो ।

ज्ञवाली भारतमा सन्यासी भेषमा लुकेर बसेको अवस्थामा २०७५ सालमा पक्राउ परे । सजाय भोगे ।

किष्ट बैंकले ग्राहक्को विश्वास गुमायो ।

०००

समस्याग्रस्त किष्टलाई ०७१ भदौमा अक्वायर गर्‍यो, प्रभु बैंकले । त्यसपछि किष्ट बैंकको नाम सबैतिरबाट मेटियो, प्रभु बैंक लेखियो । किष्टलाई अक्वायर गराएको प्रभु बैंकका अध्यक्ष थिए, देवीप्रकाश भट्टचन ।

तर, भट्टचनले किस्ट बैंक मात्र अक्वायर गरेका रहेन् छन्, कमल ज्ञवालीको गलत र गैर कानुनी बाटो पनि अक्वायर गरेका रहेछन् । किनभने प्रभु बैंकले धितो मूल्यांकन र कर्जा प्रवाहमा किष्टले अंगाले गलत बाटो छोडेन । यही कारण बैंकका अध्यक्ष भट्टचन पनि विवादमा मुछिरहे । तर, उनले राजनीतिक पहुँचका कारण उन्मुक्ति पाइरहे । 

सहकारीहरुको ९८ करोड रुपैयाँ ठगीमा समेत उनको नाम मुछियो, तर अनुसन्धानसम्म भएन । आफ्नै स्वामित्वको प्रभु म्यानेजमेन्ट कम्पनीलाई प्रभु रेमिटको सुपर एजेन्ट बनाएर सहकारीहरुबाट धरौटी करोडौं उठाएका थिए उनले । पछि त सहकारीले भुक्तानी गरेको रेमिट्यान्सको रकम समेत दिएनन् । यही प्रकरणमा गत कात्तिक ११ गते पक्राउ परेका भट्टचन कात्तिक २६ गते अदालतको आदेशअनुसार हाजिरी जमानीमा रिहा भएका छन्, र उनीमाथि अनुसन्धान चलिरहेको छ ।

अहिले अर्को फरक प्रकरणमा प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ परेका छन् । सीआईबीले मंसिर २४ गते शेरचनसँगै प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार राष्ट्र बैंकको प्रतिवेदन समेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनीहरुलाई पक्राउ गरेको हो । 

सीआईबीका अनुसार शेरचन ‘राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरीत काम गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुका नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न देखिन्छ । उनले यो सबै पूर्वअध्यक्ष भट्टचनका लागि गरेका हुन् ।

उनीहरुको सम्बन्ध पुरानो हो । सन् २०११ मा प्रभु फाइनान्समा शेरचन महाप्रबन्धक थिए, भट्टचन अध्यक्ष । त्यसबेलादेखि नै भट्टचनले शेरचनलाई निरन्तर आफ्नो प्रमुख विश्वासपात्रका रुपमा नजिक राखिरहे ।

शेरचन सन् २०१४ मा प्रभु विकास बैंकको सीईओ बने । प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएर प्रभु बैंक बन्नासाथ बैंकका शेरचन फेरि सीईओ बने । प्रभु बैंकमार्फत देवीप्रकाश भट्टचनले जसरी व्यवसायको साम्राज्य फैल्याए । त्यसको प्रमुख सहयोगी हुन् सीईओ अशोक शेरचन ।

ट्राभल एजेन्सीबाट व्यवसाय थालेको प्रभु समूहले मनि ट्रान्सफर र अरु कयौं व्यापार व्यवसायमा पनि हात हालेको छ । अहिले देवी भट्टचन अध्यक्ष रहेको प्रभु ग्रुपसँग हेलिकप्टरदेखि हाइड्रोसम्म गरेर ३६ वटा व्यवसाय छ ।

प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनको छत्रछायाँमा रहेका कारण सीईओ शेरचन लामो समयदेखि बैंकको कार्यकारी प्रमुख पदमा नै रहन पाए । त्यसैले शेरचनका लागि भट्टचन ‘गड फादर’ नै हुन् भन्दा हुन्छ । किनभने शेर २०७१ यता प्रभु बैंकमा निरन्तर सीईओ छन् । सीईओ रुपमा उनले भट्टचनलाई पोस्ने काम गरिरहे ।

हो, किष्टमा कमल ज्ञावलीले जुन गल्ती गरेका थिए, अशोक शेरचनले प्रभुमा पनि त्यही गल्ती गरे ।

प्रहरीका अनुसार देवी भट्टचनको वीरगञ्जमा ‘नेपाल सिपिङ कम्पनी’ छ । उनले यही कम्पनीमार्फत समुन्द्रमा राष्ट्रिय झण्डासहितको पानी जहाज चलाउने योजना सुनाउँदै आएका छन् ।

सिपिङ कम्पनीका नाममा साबिकको सेन्चुरी बैंकबाट भट्टचनले ४३ करोड कर्जा लिएका थिए ।

यो कर्जा मिलानका लागि प्रभु बैंकका शेरचनले व्यवसायी राजेन्द्र शाक्यको ग्वार्कोस्थित दि म्यासिफ होटलका नाममा कर्जा दिलाइदिए ।

गुण सिनेमा हलका मालिक समेत रहेका शाक्यले हालसालै रोयल टुलिप ब्राण्डको पाँचतारे होटल सञ्चालनमा ल्याएका छन् । तीनै शाक्यलाई प्रयोग गरेर देवी प्रकाश भट्टचनको अप्ठ्यारो सल्टाउन अवैध किसिमले शेरचनले बैंकिङ कर्जा दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले यही विषयमा अनुसन्धान गर्न मंसिर १७ गते होटल सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । प्रहरी स्रोतको दाबी छ कि म्यासिफ होटललाई दिएको कर्जा अन्यत्रै दुरुपयोग भएको छ । यसबारेको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न चाहेको छैन ।

बैंकका कर्मचारीहरुका अनुसार सीईओ शेरचनले पूर्वअध्यक्ष भट्टचनको यस्ता धेरै सेटलमेन्ट गरिदिएका छन् ।

त्यसैले सीआईबीले थालेको अनुसन्धानबाट अरु धेरै यस्ता गैरकाननी कामको पोल खुल्ने सम्भावना पनि छ ।

यो प्रकरणले फेरि किष्टका कमल ज्ञवालीलाई नै सम्झाएको छ । फरक यत्ति हो, ज्ञवालीले आफ्नो अप्ठुरो टार्न बैंक कर्जा दुरुपयोग गरेका थिए ।

शेरचनले चाहिँ बैंकका पूर्वअध्यक्ष भट्टचनको समस्या सुल्झाउन आफ्नो अधिकार दुरुपयोग गरेको आरोप छ ।

यो विषय अनुसन्धानकै क्रममा रहेकाले शेरचनमाथि सबै दोष थुपार्नु उचित हुँदैन । यति चाहिँ भन्न सकिन्छ कि देवी भट्टचनसँगको सम्बन्धलाई सीईओ शेरचन व्यावसायिक ढंगले डिल गर्न सकेनन् । एउटा पब्लिक बैंकको सीईओको रुपमा त्यसको कर्जा प्रवाहलाई पारदर्शी बनाउन चाहेनन् ।

आफ्नो बैंकको कर्जा दुरुपयोग हुन नदिन जिम्मेवार बनेनन् । उनले प्रभु बैंकलाई जोखिममुक्त राख्न इमान्दार प्रयास गरेनन् । जनताको निक्षेपमाथि खेलबाड गर्ने प्रयास गरे । 

यो प्रकरणले राष्ट्र बैंकको कमजोर सुपरिवेक्षण प्रणालीमाथि पनि थप प्रश्न उठाएको छ । व्यवसायी र बैंकर छुटयाउनुपर्ने मतलाई समेत बल दिएको छ । बैंक पनि आफैं चलाउने, व्यवस्थापनमा पनि आफ्नै खल्तीका मान्छेहरु राख्ने अनि बैंककै च्यानल नै दुरुपयोग गरेर आफ्ना व्यवसाय प्रवद्र्धन गर्ने प्रवृत्तिलाई पनि यसले एक्सपोज गरेको छ ।

समग्रमा भन्दा यो प्रकरणले के देखाएको छ भने अझै पनि बैंकका व्यवस्थापनभित्र कमल ज्ञवालीहरु छन्, जो आफू र आफ्नाका लागि बैंकलाई अप्ठेरोमा पार्न समेत पछि पर्दैननन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ