पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
सुदूरपश्चिमको एक जलासययुक्त आयोजना पश्चिम सेती २०४७ सालमा अष्ट्रेलियन कम्पनीले जिम्मा लियो, २४ वर्षसम्म केही काम गरेन ।
२०६८ सालमा चिनियाँ कम्पनी यो आयोजना बनाउँछु भनेर आयो, उसले पनि त्यत्तिकै छाडेर हिँड्यो । २०७९ सालमा आयो भारतीय कम्पनी, यसको चाला पनि उस्तै छ ।
बझाङ, बैतडी, डडेल्धुरा र डोटी जिल्लाको संगममा ७५० मेगावाटको बिजुली निकाल्ने आयोजना हो, पश्चिम सेती । यही परियोजनाको पानी प्रयोग गरेर ४५० मेगावाटको अर्को जलविद्युत आयोजना पनि प्रस्ताव गरिएको छ, त्यसको नाम हो, सेती नदी–६ आयोजना ।
२०७९ सालमा पश्चिम सेती र सेती नदी– ६ परियोजना एकसाथ निर्माण गर्ने गरी जिम्मा लिएको छ, भारतीय कम्पनी एनएचपीसी लिमिटेडले ।
तर निर्माण सुरु गर्नुअघि एउटा विवाद देखिएको छ । खासगरी नेपालले निःशुल्क पाउनुपर्ने बिजुली भारतीय कम्पनीले नदिने भनिरहेको छ । उसको शर्त छ कि, फ्रिमा बिजुली लिने भए नेपाल सरकारले हामीलाई ४० अर्ब रुपैयाँ दिनुपर्छ ।
नेपालका नदीमा भारतीय कम्पनीहरुले विद्युत आयोजना बनाउँदा २१.९ प्रतिशत बिजुली निशुल्क पाउने नेपालको अधिकारजस्तै स्थापित छ ।
पश्चिम सेती भारतीय कम्पनीलाई बनाउन दिँदा नेपालले २१.९ प्र्रतिशत अर्थात् २६२ मेगावाट बिजुली निःशुल्क पाउने भनिएको थियो । तर, अहिले आएर भारतीय कम्पनी निःशुल्क बिजुली दिन पटक्कै तयार छैन ।
उसले सरकारलाई फ्रि इनर्जी लिने भए भायाबलिटी ग्याप फन्डिङ (भीजीएफ) वापत ४० अर्ब रुपैयाँ मागेको छ । भारतीय कम्पनीले किन माग्यो त ४० अर्ब ?
सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा
ईभी किन्ने र चढ्नेले बुझ्नैपर्ने ६ कुरा
स्वर्णिमले तनहुँमा खन्याए बजेट, दोहोरियो पुरानै प्रवृत्ति
माइक्रो ब्रुअरी : खुल्दैछ नेपालमा नयाँ बिजनेसको ढोका
रास्वपा सांसदले नै भने : यो बजेट फुकेको बेलुन हो, लामो समय टिक्दैन


-1781681783.png)
-1781759377.png)




