अनियमितताले उठ्न नसकेको महानगरको भवन
काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणधीन कार्यालय भवन अलपत्र परेको ४ वर्ष भइसक्यो । यसको ठेक्का लगाउँदा भ्रष्टाचार भएपछि यो भवन अलपत्र परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जना उपर गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरेको थियो ।
काठमाडौं महानगरपालिका वडा नं. १२, टेकुस्थित भवन निर्माण गर्न विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरिएको ठहर अख्तियारको छ । उनीहरु विशेष अदालतबाट दोष ठहर भइसकेका छन् ।
३१ चैत २०७७ मा आहृवान गरेको बोलपत्रमा पनि ‘समानान्तर निर्माण सेवा’ मात्रै प्राविधिक रूपमा पास भएको थियो । ठेक्कामा सहभागी भएका अरु पाँच कम्पनीलाई योग्यता नपुगेको ठहर गरेर फेल गरिएको थियो ।
ठेक्कामा राखिएका शर्त पूरा गरे पनि सार्वजनिक खरीद ऐन बमोजिम समान प्रकृतिको काममा ८० प्रतिशत योग्यता पूरा नगरेको ठहर गर्दै अरु कम्पनीलाई आर्थिक प्रतिस्पर्धामा सहभागी नै गराइएन ।
टेन्डरको बिड डकुमेन्टमा २१ मिटर अग्लो भवन बनाएको योग्यता र विशेष लाइटिङ सिस्टम जडानको अनुभव मागिएको थियो । व्यवसायीहरुका भनाइमा अरू सबै योग्यता पुगेर पनि यी प्रावधानका कारण केही व्यवसायीले प्रतिस्पर्धा गर्न पाएनन् ।
त्यसैले पछिल्ला शर्तहरू ‘सेटिङ’ गर्न राखिएका थिए । अरूले शर्त पूरा गर्न नसकेको भनेर महानगरपालिकाले ‘समानान्तर’ लाई मात्रै प्राविधिक रुपमा पास गरेको थियो ।
यही कारण भ्रष्टाचारको मुद्दा चल्यो । जसले गर्दा कर्मचारीहरुले काम भइसकेको बिल पनि भुक्तानी गरेनन् । त्यसले गर्दा महानगर र ठेकेदार कम्पनीबीच विवाद चर्कियो । त्यसले गर्दा बन्दा बन्दै भवन अलपत्र पर्यो ।
अहिले विवाद समाधान भएर निर्माण अघि बढाउन लागिएको छ । कामको गति सुस्त नै छ । यसबारेको यो फिल्ड एक्सप्लेनर भिडियो ।
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव





