एक्सप्लेनर भिडियो
स्वर्गद्वारी गुठीपीडित किसान ५० दिनदेखि धर्नामा
- दाङका १२ गाउँका १०० जना किसान काठमाडौंमा आएर आन्दोलन गरेको ५० दिन भइसक्यो । स्वर्गद्वारी गुठीपीडित किसानहरु गौशालाको धर्मशालामा बसेका छन् । उनीहरुले सरकारसँग ४ बुँदे माग राखेका छन् ।
- भूमि व्यवस्था मन्त्रालयले सहसचिव मदन कोइरालाको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरेको छ ।
- चैत ६ गते भएको तेस्रो चरणको वार्तामा सरकारी टोलीले गुठीसम्बन्धी विधेयकको मस्यौदा भनेर एउटा कागज नै देखाएको थियो । र यो विधेयक बुधबारसम्म अगाडि बढाउछौं भनेको थियो । तर अगाडि बढेको छैन ।
- अब आइतबार र सोमबार पर्खिने र त्यतिबेलासम्म माग पूरा नभए दाङबाट थप ५ हजार किसान काठमाडौं आउने तयारीमा छन् ।
- दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाका करिब ३५०० घरधुरी किसानले पुस्तौंदेखि कमाइ गरिरहेको जग्गा प्युठानको धार्मिक स्थल स्वर्गद्वारीको नामको गुठीमा छ ।
- तीन पालिकाको १२ वटा गाउँमा एक हजार ५० विघा जग्गा स्वर्गद्वारी गुठीको नाममा छ । गुठीको जग्गाहरु कमाइ गर्नेहरु अधिकांश थारु समुदायका छन् । ६०० विघा जग्गा उपभोग गर्नेसँग स्वर्गद्वारी गुठीले दिएको मोही पुर्जा छ ।
- तर सर्वोच्च अदालतले २०६२ चैत १४ गतेको एउटा फैसलाले उनीहरुको मोही पूर्जालाई अमान्य घोषित गरिदिएपछि किसान आन्दोलनमा उत्रिएका हुन् ।
प्रकाशित मिति:
शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





