कांग्रेसमा गगन- विश्वले लिएको जोखिम
शेरबहादुर देउवाले जसरी पार्टी चलाएका थिए, गगन, विश्वप्रकाशहरुलाई पटक्कै चित्त बुझेको छैन । तर देउवालाई रोक्न चाहिने अंकगणित भने उनीहरुसँग छैन । त्यसैले कहिले फरक मत राखे, कहिले फकाएर परिणाम निकाल्न खोजे ।
केही गर्दा नभएपछि आजित भएका गगनले सार्वजनिक मञ्चबाट भन्थे, देउवा, प्रचण्ड र केपी ओलीले सक्रिय राजनीतिबाट विदा लिएँ भनेको दिन देशभर खुसीयाली हुन्छ ।
आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका देउवा–ओलीहरुले किन छाड्थे र ? छैटौं पटक प्रधानमन्त्री बन्नकै लागि देउवा चार वर्षे कार्यकाल पूरा भएपछि पनि विधानले दिएको संकटकालको सुविधालाई दुरुपयोग गर्दै एक वर्ष लम्ब्याउने तयारीमा थिए । गगन– विश्वहरुसामू पनि महाधिवेशन कुर्नुको विकल्प थिएन ।
तर जेनजी विद्रोहले कांग्रेस राजनीतिको शान्त तलाउमा ठूलो ढुंगा हाने जस्तो काम गर्यो । नेतृत्व परिवर्तनको आवाज उठ्यो, त्यो पनि निकै चर्कोसँग ।
कांग्रेसको ठूलोपंक्ति पार्टी पुनर्गठनको पक्षमा उभियो । विशेष महाधिवेशन माग गर्दै देशैभरि हस्ताक्षर अभियान सुरु भयो ।
कांग्रेसको विधानको धारा १७ को उपधारा (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । अनि, त्यस्तो महाधिवेशनले नयाँ नेतृत्व समेत चुन्ने अधिकार राख्छ ।
देवराज चालिसे, गुरुराज घिमिरे लगायतका नेताहरुले सुरु गरेको अभियानमा देशभरका महाधिवेशन प्रतिनिधिहरुले साथ दिए । कतिसम्म भने हिजो देउवालाई सभापति बनाउने महाधिवेशन प्रतिनिधिहरु नै नयाँ नेतृत्वको पक्षमा उभिएका थिए ।
२०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । उनीहरुमध्ये २४ सय ८८ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरे ।
यो नम्बर मात्र होइन, कांग्रेसमा पावर सिफट्को प्रस्ट संकेत हो ।
विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमा नेताहरुको इगोले ठूलो काम गरेको छ । विशेष महाधिवेशन गर्दा महामन्त्रीहरुले जितेको, आफूहरुले हारेको सन्देश जान्छ भन्ने संस्थापन पक्षका नेताहरुलाई लागेको छ ।
०५९ को अनुभवले भन्छ, नेताहरुले नचाहँदा नचाहँदै पनि पार्टीमा फुट आउनसक्छ । अहिले पनि त्यो खतरा छ ।
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
अन्ततः फुट्यो कांग्रेस, देउवा कि गगन अधिकारिक ?
नेपालका शहरमा झन् धेरै छन् गरिब
पेट्रोलमा १० प्रतिशत इथानोल, माइलेज के हुन्छ ?
नागढुंगा सुरुङमार्ग तयार, चिनियाँ रोक्न जापानले हाल्यो तगारो





-1767872172.jpg)