पेट्रोलमा १० प्रतिशत इथानोल, माइलेज के हुन्छ ?
उखु, मोलासेस, सिमल तरुल, मकै, चिनी, गहुँजस्ता चिनीयुक्त जैविक बालीहरुलाई रासायनिक प्रक्रियाबाट रुपान्तरण गरेर इथानोल बनाइन्छ । यस्तो इथानोल प्रज्वलशील हुन्छ ।
इथानोललाई बायो फ्युल अर्थात् हरित इन्धन पनि भनिन्छ । यो पेट्रोलमा पनि सजिलै घुल्छ ।
भारत र ब्राजिल जस्ता देशले पेट्रोलमा इथानोल मिसाउने गरेका छन् । अहिले नेपालले पनि त्यही अभ्यास सुरु गर्न लागेको छ ।
सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णय गरेको छ । अर्थात् १० लिटर पेट्रोलमा १ लिटर इथानोल मिसाइने छ । त्यसअनुसार नै कार्यविधि समेत तयार भएको छ ।
नेपालका उखु मिलहरुले इथानोल बनाउने मोलसेस पनि अहिले दाना उद्योगहरुलाई बेचिरहेका छन् । उद्योगहरुलाई स्प्रिट बनाएर पनि बेच्छन् ।
त्यसैले मोलेसस नेपालमा खेर गइरहेको छैन । तर त्यसलाई इथानोल बनाउँदा मूल्य बढी पाइन्छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार चिनी उद्योगीहरुले दिनमा ५० हजार लिटर इथानोल दिन सकिने बताएका छन् ।
पेट्रोलमा किन इथानोल मिसाउने ?
यसको पहिलो कारण हो, पेट्रोल आयात घटाउने । दोस्रो वातावरणीय प्रदूषण कम गर्ने ।
अहिले नेपालले वर्षमा ७४ लाख किलोलिटरको पेट्रोल आयात गर्छ । त्यसको खरिद मूल्य ६४ अर्ब १२ करोड छ ।
यदि १० प्रतिशत मात्रै इथानोल मिसाउन सकियो भने यस्तो आयात र त्यसबापत विदेशिने साढे ६ अर्ब रुपैयाँ बचत हुन्छ ।
नेपालका चिनी उद्योगहरुको आम्दानी बढ्छ र, उखुकिसानले अहिलेभन्दा राम्रो मूल्य पाउने अवस्था पनि बन्नसक्छ ।
सबभन्दा महत्वपूर्ण इथानोल मिसाइयो भने पेट्रोलबाट हुने वातावरणीय प्रदूषण पनि कम हुन्छ । किनकी इथानोल अक्सिजनयुक्त इन्धन हो ।
यसले गर्दा पेट्रोलबाट निस्किने धुँवामा कार्बन कार्बनमोनोअक्साइड, हाइड्रोकार्बन जस्ता हानिकारक ग्यास कम हुन्छ ।
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
अन्ततः फुट्यो कांग्रेस, देउवा कि गगन अधिकारिक ?
नेपालका शहरमा झन् धेरै छन् गरिब
नागढुंगा सुरुङमार्ग तयार, चिनियाँ रोक्न जापानले हाल्यो तगारो





-1767872172.jpg)