एमालेमा ईश्वर समूहको कत्लेआम !
एमालेमा उम्मेदवार टुंगो लगाउन शनिबार सचिवालय बैठक बसेको थियो । एक पदाधिकारीका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले तलबाट आएका नामहरु पेश गरे ।
नामहरुमाथि छलफल पनि भयो । तर कसलाई टिकट दिने भन्ने अन्तिम निर्णय ओलीले नै गरे । धेरै जसो क्षेत्रको हकमा ओलीले फलानो उचित हुन्छ भनेर तोकिदिए, केही सिटको हकमा आवश्यक परामर्श गरेर म निर्णय लिन्छु भनेर होल्ड गरे ।
राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय सरकारको प्रमुख भएकाहरुलाई समेत टिकट दिइएको छ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई तनहुँ क्षेत्र नम्बर १ को टिकट दिइएको छ । मोरङ २ को टिकट पाएका दिलिप बगेडिया रंगेली नगरपालिकाका मेयर हुन् ।
लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई ओखलढुंगाको टिकट दिइएको छ ।
एमालेले यो पटक गुण्डा नाइके चक्रे मिलन भनेर चिनिने मिलन गुरुङलाई समेत टिकट दिएको छ । उनलाई गोरखा–२ को टिकट दिइएको हो ।
तर लगातार चुनाव जित्दै आएका, निर्वाचन क्षेत्रमा बलियो पकड भएका, अनि क्षेत्र र जिल्लाबाट सिफारिस भएका थुप्रै नेताहरुलाई टिकट दिइएन ।
त्यसको कारण हो, ११ औं महाधिवेशनमा ओली भन्दा फरक समूहको पक्षमा उभिनु ।
एक नेताका अनुसार ओलीले कम्तीमा पनि ३०/३५ जनालाई यही कारण टिकटबाट वञ्चित गरेका छन् ।
ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल आफैं काठमाडौं ५ मा प्रतिस्पर्धा गर्न चाहन्थे ।
ताप्लेजुङबाट लगातार दुई पटक चुनाव जितेका उपमहासचिव योगेश भट्टराईले पनि टिकट पाएनन् । उनको सट्टा ओलीले आफ्नो समर्थनमा युवाहरुलाई सडकमा ल्याउने क्षितिज थेबेलाई टिकट दिए ।
पोखरेलको प्यानल बनाउन महत्वपूर्ण भूमिका खेलेका काभ्रेका गोकुल बास्कोटा, काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, बाजुराका कर्णबहादुर थापाहरुले पनि टिकट पाएनन् ।
पोखरेल समूहमा रहेर पदाधिकारीका लागि प्रतिस्पर्धा गरेका नेताहरुका अनुसार ‘कुनै पनि बेला यसको मूल्य चुकाउनुपर्छ’ भन्ने आभास थियो ।
तर ओलीले यो हदको कत्लेआम गर्लान् भन्ने चाहिँ लागेको थिएन । तर ओली टिकटमा एकपक्षलाई पुरै निषेध गरेका छन् ।
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




