सर्लाही ४ मा गगनलाई सजिलो छ कि गाह्रो ?
कांग्रेसले यो चुनावमा गगन थापालाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने पक्का छ । तर यही बेला उनले चुनाव क्षेत्र काठमाडौं ४ छाड्ने निर्णय गरे, सर्लाही ४ बाट उम्मेदवारी दिए ।
एकथरिको मत छ कि थापाले काठमाडौं ४ मा सुरक्षित देखेनन् । यसैपनि शहरी क्षेत्रमा रास्वपा बलियो देखिएको छ । त्यसमाथि काठमाडौंका मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा आएका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेपछि अरु दलका लागि काठमाडौंको चुनावी प्रतिस्पर्धा सहज छैन । त्यसैले गगनले काठमाडौं छाडेर भागे ।
तर कांग्रेस नेताहरु यो मान्न तयार छैनन् । किनकी काठमाडौं ४ मा उनको निकै बलियो पकड छ । त्यसमाथि विशेष महाधिवेशनबाट नेतृत्वमा आएका कारण उनले सार्वजनिक छवि पनि अग्लिएको छ । पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा समेत अगाडि सार्दा काठमाडौं ४ मा चुनाव जित्न गाह्रो थिएन ।
त्यसो भए किन सर्लाही ४ त ? निकटवर्तीहरुका अनुसार यो रणनीतिक रुपमा लिइएको निर्णय हो ।
काठमाडौं ४ छाड्दा उनका लागि थुप्रै विकल्प थिए । काठमाडौं १ पनि एउटा विकल्प मानिएको थियो । रोल्पा, धनकुटा, तेह्रथुम लगायतका जिल्लाबाट नाम सिफारिस भएको थियो । तर सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ रोजेका छन् ।
किनकी यो पटक मधेश प्राथमिकतामा छ । र, मधेशमा सर्लाही ४ मा अनुकुल देखेका छन् ।
प्रश्न उठ्नसक्छ, सर्लाही ४ को चुनावी प्रतिस्पर्धा कस्तो हुनसक्छ ?
किनकी सर्लाही ४ मा दलभन्दा व्यक्ति बलिया छन् । खासगरी अमरेश सिंह र शिवपुनज राय यादव ।
शिवपुजन २०६३ को मधेश आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन्, अमरेश कांग्रेसबाट । २०६४ को पहिलो संविधानसभामा शिवपुजनले चुनाव जिते, तर २०७० सालको दोस्रो संविधानसभा चुनावमा अमरेशले बाजी मारे ।
यो पटक अमरेश सिंह रास्वपाबाट चुनाव लड्दैछन् । अनि, शिव पुजन राय यादवले आफ्नो छोरा अमनिश कुमारलाई एमालेबाट उम्मेदवार बनाएका छन् ।
शिवपुजन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाटै छोरालाई उम्मेदवार बनाउन चाहन्थे । तर डा. रजनिश यादवलाई टिकट दिएपछि उनले पार्टी छाडे, टिकट दिने शर्तमा एमाले प्रवेश गरे । एमालेले पनि रविसिंह कुशवाहलाई दिइसकेको टिकट खोसेर शिवपुजनका छोरा अमनिसलाई दिएको छ ।
प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका सभापति थापाको अपेक्षा छ कि सर्लाही ४ को चुनाव सहज हुन्छ । तर उनले सोचेजस्तो हुन्छ कि हुँदैन फागुन २१ कुर्नुपर्छ ।
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव





