कसले कहाँ अड्कायो काठमाडौंको मेट्रो रेल ?
काठमाडौंमा मेट्रो रेल चाहिन्छ कि चाहिँदैन ? सबैको यसमा आ–आफ्नै मत होलान् ।
५० लाख मान्छे बस्ने शहर हो, यो । राजधानी भएकाले यहाँ आउने–जाने उत्तिकै छन् । नेपालको मुख्य पर्यटकीय क्षेत्र पनि यही हो ।
तर, यहाँ अहिलेसम्म एउटा पनि आधुनिक पब्लिक मास ट्रान्सपोर्टेसन सिस्टम छैन । शहरभित्र बस्नेहरु निजी सवारीमाथि निर्भर छन् । सार्वजनिक सवारीमा यात्रा कष्टकर मात्रै छैन, सुस्त र झनझटिलो पनि छ । राजधानी शहरभित्रै आवातजावत कठिन छ । आज बुढानिलकण्ठमा बस्ने मान्छे गोदावरीमा जागिर खान जान गाह्रो छ । दूरी जति सुकै होस्, सडकमा हेभी ट्राफिक जाम छ ।
यदि उपत्यकामा मेट्रो चल्थ्यो भने के हुन्थ्यो होला ? थानकोट बसेर तपाई बनेपामा अफिस चलाउन सक्नुहुन्थ्यो । भैंसेपाटीबाट घुम्न निस्किनु भएको तपाईं एकैछिनमा सालीनदीको माघे मेलामा पुग्नुहुन्थ्यो । बोटबाटै टिप्दाटिप्दैको नास्पाति खान तपाईं नेपालटारबाट एकैछिनमा फर्फिङ पुग्नुन्हुन्थ्यो ।
न्युरोड र उपत्यकामा कुना–कुनाको दूरी केही मिनेटमा छोटिन्थ्यो । विहानै कलेज जानेहरु रेल चढेर मूल शहरमा आउनसक्थे । मूल शहरमा बस्नेहरु साँझ विहान काँठमा घुमफिर गर्न पुग्न सक्थे ।
तर अहिलेका लागि यो कोरा कल्पना मात्रै हो । यथार्थमा काठमाडौंमा मेट्रो चल्छ कि चल्दैन भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।
धेरैले स्वीकारेका छन् कि भविष्यमा काठमाडौंमा ठूला क्षमताका वैकल्पिक सार्वजनिक सवारी साधान अर्थात् मास ट्रान्जिटको विकास र सञ्चालन गर्नैपर्छ । त्यसका लागि धेरै विकल्पमध्ये एउटा मेट्रो रेल हो ।
तर दुविधा छ, काठमाडौंमा मेट्रो कसले बनाउने ? कहाँ–कहाँ बनाउने ? कुन प्रविधिको चलाउने ? लगानी कसरी जुटाउने ? नाफा भएन भने के गर्ने ?
यिनै प्रश्नको जवाफ खोज्न काठमाडौंमा मेट्रो रेल चलाउनेबारे पटक–पटक अध्ययन भएका छन् । कति अध्ययन सरकारले गरेको छ त कति निजी अनि प्राज्ञिक क्षेत्रले । सबैको निष्र्कष एउटै छ, जनघनत्व, निजी सवारीको वृद्धि र ट्राफिक जाम समस्या हेर्दा अब मेट्रो नबनाई सुख छैन ।
तर कसरी बनाउने भन्नेबारे अहिलेसम्म सरकार आफैं अन्योलमा छ ।
थप विवरण भिडियोमा हेर्नुहोस्
११३ रूपैयाँको पेट्रोल १८७ मा बेच्दा पनि निगम घाटामा ?
अघिल्लो सरकारको नियुक्ति खानेहरुलाई रास्वपाको चेतावनी
सांसद तर्साउने रास्वपाको अस्त्र राइट टु रिकल
आशिका 'दिदी'ले बदलेको मैदान, फेरिएला त शैली ?
रास्वपाले गर्न सक्छ कर्मचारीको दलीय ट्रेड युनियन खारेज




-1774278945.jpeg)

