नेभिगेशन
एक्सप्लेनर भिडियो

माधव र अनिलको चुनावी प्रतिस्पर्धामा गेम चेन्जर घन्टी

पूर्व प्रधानमन्त्री माधव नेपालले चुनाव जित्दा भन्दा हार्दा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । 

उनले २०४८ र ०५१ को प्रतिनिधिसभा चुनाव लडेनन् । राष्ट्रियसभामा गएका उनी विपक्षी दलको नेता भए । 

०५६ को चुनावमा एकसाथ रौतहट क्षेत्र नम्बर १ र ४ बाट चुनाव लडे । एमालेका शक्तिशाली महासचिव रहेका नेपालले दुबै क्षेत्रबाट सहजै चुनाव जिते ।

रौतहट १ मा २२ हजार ६६८ मत पाएका उनले ४ मा २६ हजार ७८५ मत पाए । त्यसबेला दुई क्षेत्रबाट चुनाव लड्न पाइन्थ्यो, तर दुबै क्षेत्रबाट विजयी भएमा एउटा क्षेत्र छाड्नुपर्ने हुन्थ्यो । माधव नेपालले रौतहट ४ छाडेर १ रोजे । 

२०६४ चैतमा संविधानसभाको निर्वाचन भने माधव नेपालका लागि निकै प्रतिकुल रह्यो । काठमाडौं २ र रौतहट ६ बाट चुनाव लडेका उनी दुबै क्षेत्रमा पराजित भए ।

काठमाडौं २ मा माओवादीका झक्कुप्रसाद सुवेदीले १३ हजार ८५८ मत ल्याएर चुनाव जिते । एमाले महासचिव रहेका नेपालले १२ हजार ३२५ मत मात्र पाए । 

रौतहट ६ मा माओवादीकै देवेन्द्र पटेल १० हजार १३३ मतका साथ निर्वाचित हुँदा दोस्रो भएका माधव नेपालले ८ हजार ९८६ मत मात्र पाएका थिए । 

आफूले दुबै क्षेत्रमा चुनाव हार्नुका साथै समग्रमा पार्टीेको चुनावी नजिता पनि खराब आएपछि नेपालले एमाले महासचिव पदबाट राजीनामा दिए ।

तर मन्त्रिपरिषद्बाट मनोनित गर्ने कोटाबाट संविधानसभा पुगेका उनी प्रधानमन्त्री समेत भए । देशको ३४ औं प्रधानमन्त्रीका रुपमा उनले करिव १८ महिना सरकार चलाए । 

२०७० को दोस्रो संविधानसभामा माधव नेपालले फेरि दुबै क्षेत्रबाट चुनाव लड्ने निर्णय गरे । काठमाडौं २ र रौतहट ६ दुबै क्षेत्रबाट चुनाव पनि जिते । जितेको दुईमध्ये एक क्षेत्र छाड्नुपर्ने भएपछि उनले काठमाडौं २ छोडेर रौतहट रोजे ।

२०७२ मा संविधान बनेपछि निर्वाचन क्षेत्र घट्यो । रौतहटको ६ वटा क्षेत्र ४ मा सीमित हुने भयो । माधव नेपालले चुनाव लड्दै आएको क्षेत्र रौतहट १ मा पर्ने भयो । 

तर उनले २०७४ को चुनाव रौतहट होइन, काठमाडौं २ बाट लड्ने निर्णय लिए । एमाले र माओवादीको वाम गठबन्धन भएको त्यो चुनाव नेपालले १२ हजार भन्दा बढी मतान्तरले जिते । 

२०७९ को चुनावमा आइपुग्दा माधव नेपालले एमाले फुटाएर आफ्नै नेतृत्वमा एकीकृत समाजवादी गठन गरिसकेका थिए । अनि, कांग्रेस, माओवादी सहितका दलसँग गठबन्धन गरिएको थियो । उनले काठमाडौं २ बाट फेरि चुनाव लड्ने आँट गरेनन्, रौतहट १ मा नै फर्किए । 

अनि, विदेश जान चाहनेहरुलाई फ्रिमा पठाउने भन्दै बिना ढेउवाके वाला भाषण गरे । त्यो भाषणलाई लिएर उनको खुब ट्रोल भयो, तर चुनाव भने उनले नै जिते । 

यो क्षेत्रमा उनको दल बलियो होइन, तर कांग्रेसको समर्थन उनको जितको आधार बन्यो । त्यो चुनावमा नेपालले ३३ हजार ५२२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत पाए । 

यसपटकको चुनावमा माधवकुमार नेपाल, नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । 

यो माओवादी, एकीकृत समाजवादी लगायतका दलहरु मिलेर बनेको दल हो । माधव नेपाल, स्वयं यसका सहसंयोजक हुन् । तर उनका लागि यो चुनाव सहज छैन । 

थप विवरण भिडियोमा हेर्नुहोस् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो