सरकारले ल्यायो २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३५ करोड रुपैयाँको बजेट प्रस्ताव गरेका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा उनले आगामी वर्षको आय व्यय विवरणको अनुमानित विवरण पेश गरेका हुन् ।
जस अनुसार सरकारले चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थाका लागि ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमध्ये राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ र वैदेशिक अनुदान ६१ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रुपैयाँ लिने र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रुपैयाँ संकलन गरिने अर्थमन्त्री वाग्लेले बताएका छन् ।
उनका अनुसार यो बजेट कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनेछ । साथै मूल्यवृद्धि ६ प्रतिशतमा सीमित रहनेछ ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे, २७५ वटा पुुल निर्माण गर्ने घोषणा गरेका छन् ।
त्यस्तै १ हजार २८ किलोमिटरको पूर्वपश्चिम राजमार्गलाई ५ वर्षभित्र ४ लेनमा स्तरोन्नति गर्ने भनेका छन् ।
बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?








