सरकारी वितरण केन्द्रमै ग्यास अभाव, रित्तै फर्किंदै उपभोक्ता
फेरि ग्यासको हाहाकार छ ।
उपभोक्ताहरु ग्यास कहिले आउँछ भनेर बिक्रेतालाई सोधिरहेका छन् । बिक्रेताहरु भने आफूकहाँ पनि ग्यास नै आएको छैन भन्दैछन्, अनि कहिले आउँछ भन्ने जवाफ पनि दिन सकिरहेका छैनन् ।
आयल निगमले भने दैनिक रुपमा माग अनुसारकै ग्यास आइरहेको दाबी गरेको छ । अनि ग्यास नपाएमा टेकुस्थित निगमको कार्यालयमा लिन आउन भनेको छ । तर टेकुमा दिनभरि लाइन बसेर रित्तो हात फर्किने ग्राहकहरु धेरै भेटिए ।
त्यहाँ नेपाल ग्यास, एचपी, एभरेष्ट लगायत विभिन्न उद्योगले ग्यास वितरण गरेका छन् । तर ग्राहकहरुले सहज रुपमा पाइरहेका छैनन् । दिनभरि कुराएपछि बल्ल बल्ल एक सिलिण्डर ग्यास पाएका छन्, कसैले त त्यो पनि पाएका छैनन् ।
टेकुमा ग्यास लिन आउने ग्राहकहरुको प्रश्न छ, हाम्रो घरछेउकै डिपोमा ग्यास किन पाइँदैन ? पैसा तिरेर किन्छु भन्दा पनि सरकारले किन ग्यास दिन सकिरहेको छैन ?
हेर्नुहोस् टेकुमा ग्यास लिन आएका सर्वसाधारणको कुराकानीका आधारमा तयार पारेकाे भिडियो रिपोर्ट :
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?








