प्लटिङको जग्गामा हदबन्दी हटाउन व्यवसायीको माग
घरजग्गा व्यवसायीले हदबन्दीका कारण आफूहरुले विकास गरेका २ खर्बको सम्पत्ति बिक्री हुन नसकेको बताएका छन् ।
भूमिसम्बन्धी ऐनले घर जग्गा व्यवसायीलाई हदबन्दी भन्दा बढी जग्गा किनेर विकास गर्न छुट दिएको तर त्यो जग्गा बिक्री गर्न रोक लगाएकाले व्यवसाय नै संकटमा परेको घर जग्गा व्यवसायीहरुको भनाइ छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरेर घर जग्गा व्यवसायीलाई हदबन्दी नलाग्ने व्यवस्था गरेको थियो । तर त्यो कानुन संसदबाट पारित नहुँदै २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन भएको थियो ।
त्यसपछि बनेको सुशीला कार्की सरकारले पनि घरजग्गा व्यवसायीको माग अनुसार अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष पेश गरेको थियो । तर राष्ट्रपतिले उक्त अध्यादेश स्वीकृत गरेनन् ।
घर जग्गा व्यवसायीहरुका अनुसार हदबन्दीको समस्याका कारण प्लटिङको जग्गा र घर किनेका ग्राहकलाई समेत नामसारी गर्न सकिएको छैन । यस्ता ग्राहकहरु ६ देखि ७ हजार हाराहारीमा छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघले सोमबार पत्रकार सम्मेलन गरी हदबन्दीका कारण व्यवसायीहरुले प्लटिङको जग्गा बेच्न नसकेको बताएको छ ।
जसका कारण बैंकको किस्ता तिर्न नसकेर व्यवसायी कालोसूचीमा पर्ने जोखिम रहेको छ । त्यस्तै घर जग्गा किनेका ग्राहकले पैसा तिरेर पनि जग्गा आफ्नो नाममा नामसारी गर्न सकेका छैन्न् । महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार यही कारण घरजग्गा व्यवसायी प्रहरीको धरपकडमा पर्ने जोखिम छ ।
घरजग्गा व्यवसायीहरुका कारण स्थानीय तहले जग्गा बर्गीकरण नगरेका कारण अहिले पनि जग्गाको कित्ताकाटमा अनिश्चितता छ । व्यवसायीहरुले घर जग्गा क्षेत्र चलायमान नहुँदा देशको अर्थतन्त्रको चक्र नै खलबलिएको भन्दै घरजग्गा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





