'डीडीसी २ वर्षभित्रै ऋण तिरेर नाफामा जान्छ'
दुग्ध विकास संस्थान (डीडीसी) सरकारी दुग्ध उद्योग हो । यसले किसानबाट दूध लिएर विभिन्न दुग्धजन्य पदार्थ बनाएर बजारमा बिक्री गर्छ ।
नेपाली बजारमा डीडीसीका दूध, दही, घिउ, चिज लगायतका उत्पादन निजी क्षेत्रका भन्दा गुणस्तरीय मानिन्छ । तर बजारमा राम्रो डिमान्ड हुँदाहुँदै डीडीसीको अवस्था एकदमै बिग्रदै गएको थियो ।
४–५ महिना अगाडिसम्मको कुरा गर्ने हो भने डीडीसीले किसानलाई दूधको पैसा तिर्न सकेको थिएन भने उत्पादित सामानहरु पनि आफ्नो गोदाममा थन्केको थियो । अहिले भने डीडीसीको अवस्था फरक छ । डीडीसीको गोदाममा रहेका सबै सामान बिक्री भइसक्यो ।
किसानलाई तिर्नुपर्ने बक्यौता पनि धेरै तिरिसक्यो । अहिले डीडीसीले शहरका विभिन्न ठाउँमा सर्भिस सेन्टरहरु सञ्चालन गरिरहेको छ । सरकारले आफ्नो प्रगति विवरणमा डीडीसीमा भएको सुधारलाई समेत उल्लेख गरेको छ ।
डीडीसीले कसरी काम गरिरहेको छ, डीडीसीले कहिले नाफा कमाउँछ ? यस्तै विषयमा नेपाल शो का लागि विनोद ढकालले डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेसँग गरेको कुराकानी :
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





