२५ वर्षपछि सरकारी औषधि कम्पनी बल्ल नाफामा
लगातार घाटामा चलिरहेको नेपाल औषधि लिमिटेडले २५ वर्षपछि नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ३ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार विगत तीन वर्षदेखिको निरन्तर प्रयास, खर्च कटौती, उत्पादनको गुणस्तर सुधार र आक्रामक बजारीकरणका कारण यो सफलता सम्भव भएको हो ।
साथै, तीनै तहका सरकारका निकायसँग औषधि खरिदका लागि गरिएका जीटूजी मोडलले पनि औषधि बजार विस्तारमा ठूलो सहयोग पुगेको छ ।
कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि कम्पनीका औषधिको विश्वसनीयता र बिक्रीमा उल्लेख्य वृद्धि भएको छ ।
पछिल्लो ४ महिनामा मात्रै लिमिटेडले २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरिसकेको छ । गत वर्ष कम्पनीले ८ करोड रुपैयाँको औषधि बेचेको थियो ।
चालु आर्थिक वर्षभित्र ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखेको छ । हाल ११ प्रकारका औषधि उत्पादन गरिरहेको कम्पनीले यसै वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । जसमध्ये २३ प्रकारका औषधिको उत्पादन सुरु गर्ने तयारी अन्तिम चरणमा छ ।
बालेन साह नेतृत्वको सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत आगामी ३ वर्षभित्र यो कम्पनीमार्फत ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले आफ्ना भवनहरु भाडामा लगाएर समेत आम्दानी गरिरहेको छ ।
प्रधानमन्त्री बालेन शाहले नै कम्पनीको यो प्रशासनिक तथा व्यवसायिक पुनरुत्थानलाई सरकारको ठूलो सफलताका रुपमा प्रस्तुत गरेका छन् ।
खासमा कसरी कम्पनी धेरै वर्षपछि नाफामा गयो त भन्नेबारे हामीले तयार गरेको फिल्ड रिपोर्ट हेर्नुस् :
रवि र किशोर श्रेष्ठबीच पुरानै टकराव, ८ वर्षअघि के भएको थियो ?
राणाकालीन बिराटनगर जुट मिलले पाउला त नयाँ जीवन ?
चाबहिल-गौशाला जोड्न २ तले सुरुङमार्ग !
कसरी बन्छ रत्नपार्क–भक्तपुर मेट्रो रेल ?







