लिलामीमा ज्योति ग्रुपका सम्पत्ति, के हो अर्वपति रुप ज्योतिको संकट ?
डा. रुप ज्योति, एक घघडान उद्योगपति व्यापारी । नेपालका पूर्व सहायक अर्थमन्त्री पनि ।
उनको अर्बौंको व्यापारिक र औद्योगिक साम्राज्य छ । पुख्र्यौली सम्पत्ति नै अथाह छ ।
तर, उनको नाममा अहिले बैंकले सूचना निकालिरहेको छ, त्यो पनि सम्पत्ति लिलामीको ।
हालै राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले रुप ज्योतिको कम्पनीले लिएको ऋण नतिरेका कारण धितोमा रहेको सम्पत्ति लिलाम अगाडि बढाएका छन् ।
सफल उद्यमी मात्रै हैन, अर्थ मन्त्रालय हाँकिसकेका प्राज्ञिक अर्वपति कसरी यस्तो अवस्थामा पुगे ? के उनी साँच्चै टाट पल्टिएका हुन् ? वा यो एउटा ठूलो व्यापारिक घरानाले झेलिरहेको आन्तरिक विवाद र तत्कालीन संकट मात्रै हो ?
यो भिडियोमा भन्नेछौं, रुप ज्योतिको व्यापारिक विरासत, अर्थ मन्त्रालयसम्मको यात्रा, दाजु पद्म ज्योतिसँगको पारिवारिक विवाद, उनलाई हिरासत पुर्याउने जग्गा विवाद र चौधरी ग्रुपले हिरो मोटरसाइकलको अथोराइज्ड डिलरसिप खोसेको घटनासहित रुप ज्योतिका संकटको यथार्थ कथा ।
रविले जुनसुकै बेला बालेनलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन् ?
फेरि चल्ला वीरगञ्ज चिनी मिल ? महेन्द्रदेखि बालेनसम्मको कथा
२५ वर्षपछि सरकारी औषधि कम्पनी बल्ल नाफामा
रवि र किशोर श्रेष्ठबीच पुरानै टकराव, ८ वर्षअघि के भएको थियो ?






