अर्थ
दुई दिनमै प्रधानमन्त्री राहत कोषमा झण्डै २ अर्ब संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग संकलन भएको छ ।
बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ । यो रकम प्रधानमन्त्री राहत कोषको विभिन्न १० वटा वाणिज्य बैंकको खातामा छ ।
यो रकम संकलनसँगै कोषमा ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यो कोषमा जम्मा भएको रकममा विदेशी राष्ट्रहरुले गरेको सहयोग रकम समावेश छैन ।
बुधबार बिहान नेपाल-चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर राहत कोषमा सहयोग आह्वान गरेको थियो ।
प्रकाशित मिति:
शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
लगातार बिजनेस गुमाउँदै सरकारी जीवन बीमा कम्पनी
मंगलबार, भदौ २, २०८३
सेवा शुल्क बढाउन बन्द गरिएका म्यानपावरहरू पुग्दा..
सोमबार, भदौ १, २०८३
गाडी–बाइक किन्दा गर्नै नहुने गल्ती, के गर्ने–के नगर्ने ?
आइतबार, साउन ३१, २०८३
एनसेलले भन्यो- गोप्य विवरण सार्वजनिक गरेर सरकारले कानुन उल्लङ्घन गर्यो
बिहीबार, साउन २८, २०८३
'डीडीसी २ वर्षभित्रै ऋण तिरेर नाफामा जान्छ'
बुधबार, साउन २७, २०८३
ट्रेन्डिङ





-1787582411.jpg)


