नेभिगेशन
एक्सप्लेनर भिडियो

बाढीग्रस्त ठाउँमा घुम्नेको लर्को, रमिता कि डार्क टुरिजम ?

भोटेकोशीमा आएको बाढीका कारण अहिले रसुवा र नुवाकोट ठूलो विपदमा छ । 

भोटेकोशी र त्रिशुली नदी किनारका सुन्दर बस्तीहरु अहिले खण्डहर बनेका छन् । पहिले गुल्जार बजार रहेको ठाउँमा अहिले नदीले लेदो ल्याएर थुपारेको छ, बगर बनाएको छ ।

बाढीका कारण स्थानीय बासिन्दा पीडामा छन् । नुवाकोट र रसुवा बाहिरका पनि धेरै मानिस बाढीमा परेका छन् । बाढीपछि सम्पर्कविहीन भएका आफन्त खोज्दै धेरै मानिस रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । 
यतिबेला उद्दारमा सहयोग गर्न, राहत वितरण गर्न जानेहरु पनि उत्तिकै छन् । अनि बाढी प्रभावित क्षेत्र घुम्न जानेहरु पनि कम छैनन् । बाढी प्रभावित क्षेत्र घुम्ने उद्देश्यले जानेहरुका कारण उद्दार र राहत वितरणको काम प्रभावित भएको भन्दै कतिपयले त्यसलाई ‘विपद पर्यटन’ को नामले ब्यंग्य समेत गर्ने गरेका छन् । अनि विपद् पर्यटनमा नजान आग्रह गरेको पनि पाइन्छ । 

तर बाढी प्रभावित क्षेत्रको आफ्नै आँखाले अवलोकन गर्नुपर्छ । अनि बाढीमा परेकाको दुःखमा सहानुभूति, उनीहरुको संघर्षमा ऐक्यवद्धता जनाउनुपर्छ भन्ने मत पनि छ । 

अनि यस्ता विपदले भविष्यमा आउने अन्य विपदहरुका लागि पूर्वतयारी गर्न पनि सहयोग गर्न सक्छ । विपद प्रभावित क्षेत्रको भ्रमणलाई डार्क टुरिजम पनि भन्ने गरिन्छ । विश्वव्यापी रुपमा हेर्दा यस्ता प्रचलनहरु पनि रहेका छन् ।

डार्क टुरिजममा ध्यान दिनुपर्ने कुरा के हो ? हेर्नुहोस् भिडियो : 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो