नेभिगेशन
एक्सप्लेनर भिडियो

इतिहासकै चरम ग्यास संकट, कहिले पाइन्छ सजिलै ?

ग्यास डिपोहरुमा विहानैदेखि लाइन लाग्छ, तर बिक्रेताहरु भन्छन् ग्यास छैन । सरकार भन्छ, भारतबाट चाहिने जति ग्यास आइरहेको छ । उद्योगी भन्छन्- कृष्णभीरको पहिरोका कारण ग्यास अभाव भएको हो ।

बुधबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमामा पुग्दा करिब १०० जना सर्वसाधारण रित्तो सिलिण्डर लिएर लाइनमा बसेका थिए । कर्मचारीले उनीहरुलाई असोज २१ गते ग्यास पाउने भनेर एउटा टोकन दिए । यदि त्यो भन्दा चाँडै नै पाइने भयो भने फोन गरेर बोलाउने आश्वासन दियो ।

सरकारी कम्पनीले एक महिनापछिको टोकन दिएको छ भने कतिपय निजी ग्यास उद्योगहरुले उपभोक्तालाई टोकन पनि दिएका छैनन् ।

सर्वसाधारणको चुलो निभिसक्यो, सरकारले ग्यास सहज बनाउन के पहल गर्दैछ त ? कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेसनमा लाइन लागेका सर्वसाधारणको भनाइसहितको भिडियो रिपोर्ट हेर्नुहोस् :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो