नेभिगेशन
अर्थ

रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?

रसुवा भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटमा रहेको नेपालकै ठूलो सोलार आयोजना पनि क्षतिग्रस्त भएको छ । 

नुवाकोटको सदरमुकाम विदुरदेखि पारिपट्टि २५ मेगावाटको सोलार आयोजना थियो । त्यहाँ फराकिलो एरियामा सोलार प्यानलहरु राखिएको थियो । अहिले धेरै प्यानलहरु बाढीले बगाएको छ । केही प्यानल मात्र बचेका छन् । 

अब यो आयोजना पुनर्स्थापना गर्नु एकदमै चुनौतीपूर्ण छ । ऊर्जा प्रणालीमा सोलार आयोजनाको आफ्नै महत्व छ । ऊर्जा प्रणालीमा सोलार, जलविद्युत लगायतका विभिन्न थरि ऊर्जाहरु एक ठाउँमा मिसाउँदा एउटामा समस्या पर्दा अर्कोले भरथेग गर्छ । 

सोलार प्रणालीबाट दिउँसोको समयमा ऊर्जा उत्पादन हुन्छ । त्यतिबेला जलविद्युत आयोजनाबाट विजुली ननिकाली रातिका लागि साँच्न सकिन्छ ।

नुवाकोटको सोलार प्रणालीबारे तयार पारिएको यो भिडियो रिपोर्ट हेर्नुहोस् : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ