नेभिगेशन
एक्सप्लेनर भिडियो

त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन

हिजोआज रसुवा र नुवाकोटको संगम वेत्रावतीमा पुग्नेहरुलाई यहाँ विगतमा ठूलो बजार थियो भन्दा अचम्म लाग्न सक्छ । 

पहिले नै वेत्रावती पुगेका र फोटोमा देखेकाहरुलाई अहिले त्यहाँको ठाउँ देख्दा मन भारी हुन सक्छ । ठूला ठूला पक्की घरहरु कुनै बगाएका छन् । 

कुनैमा हिलो थुप्रिएको छ । अलि उचाइ र पाखामा बनेका केही घरहरु मात्र बचेका छन् । पहिले त्यस्तो राम्रो वस्तीमा अहिले त्रिपाल टाँग्ने ठाउँसमेत छैन । त्यसैले नुवाकोटतर्फ वेत्रावतीका मानिसहरु गाउँदेखि १५ मिटर टाढा जंगलको छेउमा त्रिपाल टाँगेर बसेका छन् ।  

आफ्नो घर खेतबारी र व्यापार व्यवसायबाट लाखौं–करोडौंको मालिक रहेकाहरु बाढीपछि सुकुम्बासी भएका छन् । त्रिशुली नदी पहिले भन्दा उकास भएका कारण अहिलेसम्म त्यहाँ दलदल नै छ । स्थानीय बासिन्दाले

बेत्रावतीलाई पुनर्स्थापना गर्ने भनेका छन्, तर यसमा उनीहरुलाई सरकार र दाताहरुको सहयोग चाहिनेछ । 

विस्तृत विवरण भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो