नेभिगेशन
एक्सप्लेनर भिडियो

फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार

पृथ्वी राजमार्गबाट धादिङवेशी छिर्ने पक्की पुलका कारण फुर्केखोला एउटा बजारकै रुपमा विकास भइरहेको थियो ।

राजमार्गमा यात्रा गर्नेहरुले खाना खाजा खाने र बास बस्ने ठाउँ बनेको थियो । राजमार्गमा चल्ने गाडीहरु त्यहाँ रोकिन्थे, मानिसहरु केरा, सुन्तलाजस्ता फलफूल, बदाम चटपटे बेचेर जीविका गर्नेहरु पनि धेरै थिए ।

भदौ १० गते आएको बाढीले धादिङवेशी जोड्ने पक्कीपुल बगायो । फुर्केखोलामा बनेका घरहरुमा पनि क्षति पुर्‍याएको छ । राजमार्गको तल्लोपट्टि त्रिशुली किनारमा बनेका घरहरु अहिले बस्न नमिल्ने भएको छ ।

त्रिशुली नदीको कटानका कारण घर र घर नजिकका जग्गाहरु चिरा परेका छन् । यहाँका बासिन्दा अहिले राजमार्ग छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

धादिङवेशी जाने पुल हुँदा यहाँका मानिसहरुलाई व्यापार गर्न एकछिन फुर्सद हुँदैनथ्यो । अहिले दिनभरि फुर्सदै फुर्सद छ । पुल नभएपछि राजमार्गमा चल्ने गाडीहरु पनि यहा रोकिन छाडेका छन् ।

एकातिर घर बस्न नमिल्ने भएको छ भने अर्कोतर्फ व्यापार व्यवसाय नहुने भएपछि जीविका कसरी चलाउने भन्ने चिन्ता थपिएको छ । फुर्केखोलाका बासिन्दा धादिङवेशी जोड्ने पुल छिटो बनाइदिन सरकारसँग माग गर्छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो