एक्सप्लेनर भिडियो
श्रमिकको आर्थिक शोषणमा श्रममन्त्री, ३३ प्रतिशतले बढाए मेडिकल शुल्क
- देशमै गरिखान अवस्था नभएपछि विदेशिनुपर्ने धेरै नेपालीहको बाध्यता हो । परिबन्धमा परेका यस्ता युवाहरुलाई म्यानपावरले सकेसम्म ठग्छ, लुट्छ । बायोमेट्रिकदेखि अनेकन नाममा शुल्क असुल्नेहरु पनि छन् । अब त मेडिकल गर्दा पनि झण्डै १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
- अहिलेसम्म विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दा १९ किसिमका मेडिकल टेस्ट गरिन्छ । यसको लागि हरेकले करिब ६ हजार ५ सय रुपैयाँ मेडिकल शुल्क तिर्दै आएका छन् ।
- भएकै टेष्ट भरपर्दो नभएका बेला सरकारले भने कार्यविधि संशोधन गर्दै टेष्टको संख्या बढयाएर ३४ पुर्याएको छ । यससँगै मेडिकल शुल्क एकैपटक ३ हजार रुपैयाँले बढ्ने भएको छ ।
- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले थप मेडिकल टेस्टहरु गर्नुपर्ने भयो भनेर श्रमिकमाथि आर्थिक भार थोपर्ने गरी निर्णय गरेका हुन् । यसबाट वार्षिक करिब ५ लाख श्रमिक प्रभावित हुनेछन् ।
- केही मेडिकल व्यवसायी शुल्क बढाउने निर्णय गराउन सक्रिय थिए । उनीहरुमन्त्री र सचिवलाई हात लिन सफल पनि भए । प्रधामनन्त्री केपी शर्मा ओलीले पनि साथ दिए ।
प्रकाशित मिति:
आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





