नेभिगेशन
एक्सप्लेनर भिडियो

देशमै मल कारखाना खोल्ने प्लान सधैं किन फेल ? बालेनलाई पनि छैन सजिलो

प्रधानमन्त्री बालेनले भनेका छन्–अब नेपालमै मलको कारखाना खोल्छौं । 

यस्तो वाचा यसअघिका प्रधानमन्त्रीहरुले पनि गरेकै थिए । ४२ वर्षदेखि सरकार यही योजना बनाएर बसेको हो । तर, मल कारखानाका लागि लगानी खोज्ने र अरु काम कहिल्यै भएन । 

उद्योग खोल्न त परै जाओस्, विदेशबाट मल ल्याएर समयमै वितरण गर्न समेत सरकार असफल हुँदै आएको छ ।  रास्वपा सरकारले पनि देशभित्रै रासायनिक मलको बजार खोज्न भनेर एउटा अध्ययन कार्यदल बनाइसकेको छ ।  

खासमा नेपालमा रासायनिक मलको माग कति छ ? हामी कसरी अन्तर्राष्ट्रिय बजारमा निर्भर भयौं, नेपालमा मल कारखाना खोल्न ऊर्जा, कच्चा पदार्थ र पूर्वाधारको वास्तविक स्थिति के छ ? अनि यो योजना सफल हुँदा देशले पाउने लाभ र भोग्नुपर्ने गम्भीर चुनौतीहरु के–के हुन् ? आउनुहोस्, यी सबै विषयलाई सजिलोसँग बुझौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो