नेभिगेशन
समाज

रिङरोडमा लिफ्टवाला आकाशेपुल, कसरी चल्छ ?

काठमाडौंमा एउटा नौलो आकाशेपुल बनिरहेको छ । ललितपुरको कुसुन्तीमा बनिरहेको आकाशेपुलमा लिफ्टसमेत राखिएको छ ।

चक्रपथमा बाटो काट्ने गरी बनाइएको आकाशेपुलमा वृद्धवृद्धा र अशक्तहरुले लिफ्टको प्रयोग गरेर आकाशेपुलमा जान र बाटो काट्न सक्नेछन् ।

यो पुल अरुभन्दा यस अर्थमा फरक छ कि, यसको डिजाइन नै आकर्षक छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार यो मानिसहरुलाई आकाशेपुल हेर्दैमा चढुँचढुँ लाग्ने बनाउनका लागि नयाँ डिजाइनमा बनाइएको हो । 

करिब ५ करोड रुपैयाँ लागत रहेको पुलबारे विस्तृत विवरण यो भिडियोमा हेर्नुहोस् : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज