एक्सप्लेनर भिडियो
राजावादीको मनोबल उकास्ने आन्दोलन
- राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आज काठमाडौंको बल्खुमा आयोजित प्रदर्शन र आमसभा शान्तिपूर्ण बनाउन सकिन्न कि भन्ने डर थियो ।
- राजावादी आन्दोलनलाई बदनाम गर्न सरकार नै लागेको उसको निष्कर्ष थियो । तर बल्खुमा राप्रपाको प्रदर्शन र आमसभा शान्तिपूर्ण रह्यो ।
- कार्यक्रममा ठूलो संख्यामा सेतो टिसर्ट लगाएका स्वयंसेवक परिचालन गरिएको थियो ।
- र्यालीहरु सभास्थल मिसिने बेला केही बेरमात्रै चक्रपथमा यातायात अवरुद्ध भएको थियो । नभए आमसभा चलिरहँदा पनि चक्रपथको एउटा लेनमा गाडी गुडिरह्यो ।
- बल्खुको कार्यक्रमको तुलना तीनकुनेसँग हुनै सक्दैन । तीनकुनेमा प्रदर्शनकारी आमसभा स्थल छाडेर प्रहरीको घेरा तोड्न उदत्त भएका थिए ।
- आयोजक दुर्गा प्रसाईंले नै सुरक्षाकर्मीलाई किचौंला झैं गरेर गाडी हाँकेर सुरक्षा घेरा तोडेका थिए ।
- राप्रपा नेताहरु पार्टीले आयोजना गर्ने कार्यक्रम जहिले पनि शान्तिपूर्ण हुने बताउँछन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आफूहरु शान्तिपूर्ण आन्दोलनबाटै आफ्ना मान्यता स्थापित गर्न सकिन्छ भन्ने मान्यतामा रहेको बताए ।
- तीनकुने घटनाबाट राजावादीहरुको मनोबल गिरेको थियो । राप्रपाको आजको कार्यक्रमबाट राजसंस्था पक्षधरको मनोबल उच्च भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठको दाबी छ ।
प्रकाशित मिति:
मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





