एक्सप्लेनर भिडियो
राजावादीको मनोबल उकास्ने आन्दोलन
- राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आज काठमाडौंको बल्खुमा आयोजित प्रदर्शन र आमसभा शान्तिपूर्ण बनाउन सकिन्न कि भन्ने डर थियो ।
- राजावादी आन्दोलनलाई बदनाम गर्न सरकार नै लागेको उसको निष्कर्ष थियो । तर बल्खुमा राप्रपाको प्रदर्शन र आमसभा शान्तिपूर्ण रह्यो ।
- कार्यक्रममा ठूलो संख्यामा सेतो टिसर्ट लगाएका स्वयंसेवक परिचालन गरिएको थियो ।
- र्यालीहरु सभास्थल मिसिने बेला केही बेरमात्रै चक्रपथमा यातायात अवरुद्ध भएको थियो । नभए आमसभा चलिरहँदा पनि चक्रपथको एउटा लेनमा गाडी गुडिरह्यो ।
- बल्खुको कार्यक्रमको तुलना तीनकुनेसँग हुनै सक्दैन । तीनकुनेमा प्रदर्शनकारी आमसभा स्थल छाडेर प्रहरीको घेरा तोड्न उदत्त भएका थिए ।
- आयोजक दुर्गा प्रसाईंले नै सुरक्षाकर्मीलाई किचौंला झैं गरेर गाडी हाँकेर सुरक्षा घेरा तोडेका थिए ।
- राप्रपा नेताहरु पार्टीले आयोजना गर्ने कार्यक्रम जहिले पनि शान्तिपूर्ण हुने बताउँछन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आफूहरु शान्तिपूर्ण आन्दोलनबाटै आफ्ना मान्यता स्थापित गर्न सकिन्छ भन्ने मान्यतामा रहेको बताए ।
- तीनकुने घटनाबाट राजावादीहरुको मनोबल गिरेको थियो । राप्रपाको आजको कार्यक्रमबाट राजसंस्था पक्षधरको मनोबल उच्च भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठको दाबी छ ।
प्रकाशित मिति:
मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
मंगलबार, कात्तिक १८, २०८२
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
सोमबार, कात्तिक १७, २०८२
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
आइतबार, कात्तिक १६, २०८२
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
बिहीबार, कात्तिक १३, २०८२
कता अड्कियो चीनको रेल ?
बुधबार, कात्तिक १२, २०८२
एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
बुधबार, कात्तिक १२, २०८२
ट्रेन्डिङ






