एक्सप्लेनर भिडियो
ई–कमर्स ऐनः उपभोक्तालाई राहत, साना व्यापारीलाई आहत
- अहिले हरेक सामान अनलाइनमा उपलब्ध छ । लत्ता कपडा, जुत्ताचप्पल होस् वा रेफ्रिजेरेटर, एसी जस्ता विद्युतीय उपकरण । अरु छोड्दिनुस्, मःमः पिजा होस् वा केक सबै अनलाइनबाट अर्डर गर्दा घर आइपुग्छ ।
- ७०–८० रुपैयाँदेखि ७/८ सयसम्म । सयदेखि लाखसम्मका सामान अनलाइनमै भेटाइन्छ । फेसबुक, इन्स्टा र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत सामान बेच्नेहरु त कति छन् कति ।
- एक क्लिकको भरमा घरमै समान आइपुग्ने भएकाले ग्राहकहरु अनलाइनमा सामान किन्न आकर्षित त छन् । तर गुनासाहरु पनि त्यतिकै छन् । एकथरि सामान देखेर अर्डर गर्यो, हातमा अर्कैैथरि आउँछ । भनेको समयमा डेलिभरी हुन्न । झुक्याएर ठगी गर्नेहरुको पनि कमी छैन ।
- यस्तो ठगी नियन्त्रण गर्न कानुन नभएको हैन । उपभोक्ता संरक्षण ऐन २०७५मा पर्याप्त व्यवस्थाहरु छँदै थिए । तर, प्रविधिको प्रयोग गरेर व्यापार र त्यसका नाममा हुने ठठी रोक्न सरकारले नयाँ ऐन ल्याउनुपर्ने निष्कर्ष निकाल्यो ।
- संसदमा विधेयक पेश भएर पास पनि भयो । आगामी वैशाख २ गतेदेखि भने इकमर्सबारे छुट्टै कानुन विद्युतीय व्यापार (ई–कमर्स) ऐन २०८१ कार्यान्वयनमा आउँदैछ ।
- यो ऐन उपभोक्ता हित संरक्षणमा बढी केन्द्रित छ, जुन निकै सकारात्मक छ । तर अनलाइनमार्फत व्यापार गर्ने साना व्यवसायी र उनीहरुको लगानीको संरक्षणमा भने यो ऐन चुकेको छ । त्यसैले ऐनको विरोध पनि भइहेको छ ।
प्रकाशित मिति:
बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
मंगलबार, कात्तिक १८, २०८२
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
सोमबार, कात्तिक १७, २०८२
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
आइतबार, कात्तिक १६, २०८२
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
बिहीबार, कात्तिक १३, २०८२
कता अड्कियो चीनको रेल ?
बुधबार, कात्तिक १२, २०८२
एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
बुधबार, कात्तिक १२, २०८२
ट्रेन्डिङ






