नेभिगेशन
कर्पोरेट

एक्स्ट्रिमले ल्यायो विन्टर अफरमा सुनको क्यान

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘विन्टर अफर’ नामक विशेष उपहार योजनामा सुनको क्यान उपहार दिने घोषणा गरेको छ । यो योजना अन्तर्गत छ जनाले सुनको क्यान उपहार प्राप्त गर्नेछन् ।

एक्सट्रिमका क्लासिकसहित पाँच फरक स्वादका इनर्जी ड्रिंकमध्ये उपभोक्ताले कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । 

स्क्यान गरेपछि मागिएको विवरण दर्ता गरेसँगै उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन् ।

कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ ।

पाँच फरक स्वादमा आफ्ना उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा कम्पनीले यो विशेष अभियान सुरु गरेको हो । नयाँ स्वादको विस्तारसँगै उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट