म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको छ ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन् । सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ ।
यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन् । धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् । यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको छ ।
मोटरसाइकल बिजेता सुमनले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताउँदै पुरस्कार हात पर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् ।
मोटरसाइकल विजेता विनोद ढुंगेलले म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताएका छन् ।
स्कुटर विजेता अनोजले आफूले जितेको पुरस्कार प्राप्त गर्नु खुसीको क्षण भएको बताउँदै म्याक्स टाइगरको यो अभियान आफ्नो लागि यादगार बनेको प्रतिक्रिया दिएका छन् ।
म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । तर, पुरस्कार जित्ने अवसर अझै सकिएको छैन ।
कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ । विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकर्षण बढाएको कम्पनीले जनाएको छ ।
वेल्ला ग्याजेट्स अल्टिमाको डायमन्ड टियर रिसेलर
म्याक्स टाइगरमा नौ जनाले जिते मोटरसाइकल र स्कुटर
अब नेपा एपले सझाउँछ पानी पिउने समय
एनपीएलको स्वास्थ्य साझेदार आर्य फार्माल्याब, क्यानसँग तीनवर्षे सहकार्य



-1793372443.jpeg)

-1793700912.jpeg)


