नेभिगेशन
कर्पोरेट

म्याक्स टाइगरबाट प्रदीप लामाले जिते कार

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको दशैं धमाकामा नुवाकोट ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप कार जितेका छन् ।

कार विजेता प्रदीप लामाका लागि अहिले यो अत्यन्त खुसीको क्षण बनेको छ । 'एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइनँ, कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन', उनले भने ।

दशैं धमाकामा देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । जसमा १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर पाएका हुन् ।

मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् ।

त्यस्तै, बुटवलका रिदम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् ।

यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् । अझै आठ जनाका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट