धुलिखेल अस्पतालमा १० शय्याको बर्न वार्डको स्थापना
जलनको उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमै विशिष्टिकृत सेवा सुरु भएको छ ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ मार्फत धुलिखेल अस्पतालमा १० शय्याको 'नविल बर्न वार्ड'को स्थापना गरेको छ ।
नेपालमा आगो वा तातो पदार्थ र एसिड आक्रमणबाट हुने जलनका घटना अझै पनि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ ।
यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्कालै उपचार चाहिन्छ, साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोगको पनि आवश्यकता पर्दछ ।
धुलिखेल अस्पतालमा बर्न केयर वार्डको स्थापनाले काभ्रे र वरपरका जिल्लाका बासिन्दाले जलनको समस्यामा छिटो उपचार पाउने सम्भावना बढेको छ । साथै अन्य ठाउँका जलनका बिरामीले पनि जलनको विशेषज्ञ उपचार सेवा पाउन सक्नेछन् ।
नबिल बैंकले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरेर जलनका बिरामीको उपचारमा सहयोग गरेको थियो ।
नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीका अनुसार स्वास्थ्य पूर्वाधारका अभावका कारण कुनै पनि परिवार र व्यक्ति जलनको गुणस्तरीय उपचार सेवाबाट वञ्चित हुनुहुँदैन । त्यसैले नेपाली समाजलाई दीर्घकालसम्म लाभ पुर्याउने उद्देश्यले जलनको स्वास्थ्य पूर्वाधार निर्माणमा सहयोग गरिएको हो ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले धुलिखेल अस्पतालको बर्न वार्डबाट जलनको उपचारमा विशिष्टीकृत सुविधा दिने बताएका छन् ।
नबिल बैंकले पायो भिसा इन्टरनेशनलको दुई विधाको अवार्ड
एक्स्ट्रिमले ल्यायो विन्टर अफरमा सुनको क्यान
४६ वर्षपछि नेपाल आउँदै जापानी सांगीतिक समूह गोडाइगो
म्याक्स टाइगरबाट प्रदीप लामाले जिते कार



-1793372443.jpeg)

-1793700912.jpeg)



