एक्सप्लेनर भिडियो
अर्जेन्टिना र ब्रजिलको 'पपकर्न' नेपाल ल्याएर भारत तस्करी
- तस्करहरुले तेस्रो देशबाट सुन, सुपारी, मरिच, सुकमेल ल्याएर भारत तस्करी पनि गरिरहेकै छन् । अब मकै पनि तस्करी हुन थालेको छ ।
- हो, तेस्रो देशबाट वैध रुपमा नै मकै नेपाल ल्याइन्छ र लुकाएर भारत पठाइन्छ । धन्दा यही हो ।
- अहिले पनि नेपालमा अर्जेन्टिना, ब्रजिल, दक्षिण अफ्रिका र टर्कीबाट उच्च परिमाणमा मकै आयात हुँदैछ । र नेपालबाट भारत तिर अनेकबाटो भएर पपकर्न बनाउने मकै तस्करी भइरहेको छ ।
- भारतमा विदेशबाट आयाति पपकर्न उच्च भन्सार दरका भन्सार दरका कारण महंगो छ । नेपालमा चाहिँ औसत प्रतिकिलो सय रुपैयाँमै यस्तो मकै आयात भइरहेको देखिन्छ । त्यसैले यस्तो मकै सहजै भारततर्फ तस्करी हुने गरेको छ ।
- पपकर्न तस्करी भइरहेको तथ्य भन्सारकै तथ्यांकमा देखिन्छ । तर जति आयात बढेको छ, त्यसले नेपालको बाटो भएर भारततर्फ तस्करी भएको स्पष्ट देखाउँछ ।
- चीनबाट नेपाल ल्याएर भारततर्फ भइरहेको लुसनको तस्करी सरकारले रोकेको पनि छ । भारतले गुनासो गरेपछि नेपाल सरकारले कडाइ गर्यो, तस्कर ६ महिनामै ६ अर्बको चिनियाँ लसुन भित्र्याएर भारत तस्करी गर्नेहरु अहिले निरुत्साहित छन् ।
- पपकर्नतिर चाहिँ कहिले हेर्ने हो सरकार ?
प्रकाशित मिति:
शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
मंगलबार, कात्तिक १८, २०८२
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
सोमबार, कात्तिक १७, २०८२
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
आइतबार, कात्तिक १६, २०८२
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
बिहीबार, कात्तिक १३, २०८२
कता अड्कियो चीनको रेल ?
बुधबार, कात्तिक १२, २०८२
एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
बुधबार, कात्तिक १२, २०८२
ट्रेन्डिङ






