एक्सप्लेनर भिडियो
अर्जेन्टिना र ब्रजिलको 'पपकर्न' नेपाल ल्याएर भारत तस्करी
- तस्करहरुले तेस्रो देशबाट सुन, सुपारी, मरिच, सुकमेल ल्याएर भारत तस्करी पनि गरिरहेकै छन् । अब मकै पनि तस्करी हुन थालेको छ ।
- हो, तेस्रो देशबाट वैध रुपमा नै मकै नेपाल ल्याइन्छ र लुकाएर भारत पठाइन्छ । धन्दा यही हो ।
- अहिले पनि नेपालमा अर्जेन्टिना, ब्रजिल, दक्षिण अफ्रिका र टर्कीबाट उच्च परिमाणमा मकै आयात हुँदैछ । र नेपालबाट भारत तिर अनेकबाटो भएर पपकर्न बनाउने मकै तस्करी भइरहेको छ ।
- भारतमा विदेशबाट आयाति पपकर्न उच्च भन्सार दरका भन्सार दरका कारण महंगो छ । नेपालमा चाहिँ औसत प्रतिकिलो सय रुपैयाँमै यस्तो मकै आयात भइरहेको देखिन्छ । त्यसैले यस्तो मकै सहजै भारततर्फ तस्करी हुने गरेको छ ।
- पपकर्न तस्करी भइरहेको तथ्य भन्सारकै तथ्यांकमा देखिन्छ । तर जति आयात बढेको छ, त्यसले नेपालको बाटो भएर भारततर्फ तस्करी भएको स्पष्ट देखाउँछ ।
- चीनबाट नेपाल ल्याएर भारततर्फ भइरहेको लुसनको तस्करी सरकारले रोकेको पनि छ । भारतले गुनासो गरेपछि नेपाल सरकारले कडाइ गर्यो, तस्कर ६ महिनामै ६ अर्बको चिनियाँ लसुन भित्र्याएर भारत तस्करी गर्नेहरु अहिले निरुत्साहित छन् ।
- पपकर्नतिर चाहिँ कहिले हेर्ने हो सरकार ?
प्रकाशित मिति:
शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





