ट्रम्पको नीतिले बढाउनेछ आइफोनको मूल्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा उत्पादन हुने सामानमा भन्सार शुल्क बढाएर १४५ प्रतिशत पुर्याएका छन् ।
यो कायमै रहने हो भने एप्पल जस्ता कम्पनीसामू मूल्य बढाउनुको विकल्प छैन । कतिपय विश्लेषकहरुले यो भन्सार शुल्क अमेरिकामा मात्र होइन विश्वभरका उपभोक्ताको टाउकोमा थोपरिन सक्ने बताएका छन् ।
हाल अमेरिकामा २५६ जीबी स्टोरेज भएको आइफोन १६ को मूल्य १ हजार १९९ डलर छ । चीनलाई अमेरकाले लगाएको १४५ प्रतिशतको भन्सार शुल्क जोड्दा यो मूल्य १ हजार ९९९ डलर पुग्न सक्छ ।
एप्पलले हरेक वर्ष २२ करोड आइफोन बेच्छ । आइफोन र एप्पलका अरु उत्पादनहरुको मुख्य बजार अमेरिका नै हो । गत वर्ष कुल उत्पादित आइफोनको आधा बिक्री त अमेरिकामै भएको थियो ।
काउन्टर प्वाइन्ट रिसर्चका अनुसार अमेरिकामा बिक्री हुने आइफोनमध्ये ८० प्रतिशत चीनमा बन्छन् भने २० प्रतिशत भारतमा बन्छन् । यसको मतलब आइफोनमा अमेरिकाको निर्भरता चीनमा अत्यधिक छ ।
ट्रम्पले लगाएको ट्यारिफ दिगो रुपमा रहने देखिएमा एप्पलले भारतमा उत्पादन बढाउने सम्भावना छ ।
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




