एक्सप्लेनर भिडियो
पूर्वराजाको सन्देश : हिंसा मान्दिनँ, राजनीतिक स्पेस देऊ
- तीनकुनेमा दुर्गा प्रसाइँहरुले मच्चाएको अराजकताको बाछिटा निर्मल निवाससम्म पुगेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले यो घटनाबारे मौनता तोडेका छन् ।
- नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले तीनकुने घटनाबारे मात्र बोलेनन्, आफूमाथि लागेको केही आरोपको स्पष्टीकरण दिएका छन् र, आफ्नो स्पेस दाबी गरेका छन् ।
- सँगसँगै उनले सरकारतर्फ इंगित गर्दै नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने बताएका छन् । सरकारले पनि नागरिकको आवाज सुन्नपर्छ भन्ने उनको मत छ ।
- तीनुकने घटनापछि कांग्रेस नेताहरुको एउटै मत थियो, नेपालका कहिल्यै राजाहरु संवैधानिक सीमामा बस्दै बसेनन् । अहिले पनि सीमा नाघ्दैछन् । आइतबारको भिडियो सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले त्यसमा स्पष्टीकरण दिएका छन् । अर्थात नेपालका राजाहरु संवैधानिक सीमामा बस्छन् भन्ने स्थापित गर्न खोजेका छन् ।
- राजावादीहरुले राजतन्त्रमा सबथोक राम्रो थियो, अहिले बिग्रिएको हो भन्ने भाष्य स्थापित गर्ने प्रयास गर्दै आएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निरन्तर उनीहरुसँग मिल्दोजुल्दो धारणा दिएका छन् ।
- राजाले संवैधानिक राजसंस्थाको माग गर्ने संसदको एक मात्र दल राप्रपाकै भाषा बोलेका छन् । र, अशान्ति, अराजकता, निराशाबाट आम नेपालीलाई मुक्त गर्नसक्ने संस्थाका रुपमा राजसंस्थालाई देखाएर राजनीतिक स्पेश खोजेका हुन् ।
प्रकाशित मिति:
आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





