एक्सप्लेनर भिडियो
ट्राफिकले खोस्न पाउने छैन गाडीको साँचो
- सडकमा खटिएका ट्राफिक प्रहरी कुनै कुनै बेला गाडी वा बाइकको चाबी खोस्ने समेत गरेको पाइएको छ ।
- धनुषा घर भई ललितपुरका महालक्ष्मी नगरपालिका बस्ने विवेक चौधरीको पनि बाइकको चाबी ट्राफिक प्रहरीले खोस्यो ।
- नेपाल प्रज्ञा प्रतिष्ठान अगाडि टुकुचा खोलाको पुल भत्किएको थियो र, प्रहरीले त्यहाँ गाडी चलाउन रोक लगाएको थियो । विवेक राति ८ बजे बाइक लिएर त्यही बाटो आइपुगे ।
- प्रहरीले उनलाई रोक्यो । गाडी चलाउन रोकेको ठाउँमा किन ल्याएको भनेर उनको बाइकको चाबी पनि खोस्यो ।
- उनले मेरो बाइकको चाबी किन खोसेको भनेर विवाद गरे । त्यहाँ रहेका ट्राफिक प्रहरीले चाबी खोस्न पाइन्छ भनेर जवाफ दियो ।
- विवेक कानुनका विद्यार्थी थिए, उनी न्याय खोज्दै उच्च अदालत पाटनमा पुगे । कानुनले ट्राफिक प्रहरीलाई चाबी खोस्ने अधिकार दिएको छैन । मेरो बाइकको चाबी खोसेर प्रहरीले कानुन उल्लंघन गर्यो भनेर रिट दिए ।
- यो रिटमा उच्च अदालत पाटनले माघ ६ गते फैसला सुनायो । त्यो फैसलामा उच्च अदालतले ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने भनेको छ ।
प्रकाशित मिति:
सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





