एक्सप्लेनर भिडियो
बरालले खुलाए राजीनामाको कारण : प्रधानमन्त्रीबाटै पटक पटक हस्तक्षेप भयो
- त्रिभुवन विश्वविद्यालयको हालखबर ठीक छैन । किनकी उपकुलपति डा. केशरजंग बरालले २०८१ चैत १६ गते राजीनामा दिएका छन् ।
- उनले राजीनामाको प्रष्ट कारण खुलाएका छन्, राजनीतिक हस्तक्षेप । त्यतिमात्र होइन, हस्तक्षेप गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली हुन् भनेका छन् ।
- केशरजंग बरालको भनाइमा प्रधानमन्त्रीले विश्वविद्यालय सुधारको काममा त ध्यान दिएनन्, बरु बाधा विरोध गर्ने काम गरे ।
- अहिले सुधारको काम तत्कालका लागि ब्रेक लागेको छ । किनकी उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरिसके ।
- एकदिन तत्कालीन प्रधामनन्त्री प्रचण्डले बरारललाई केपी ओलीतर्फ देखाएर उहाँहरुले पठाएको व्यक्ति रेक्टर र रजिस्ट्रारमा नियुक्त गर्नुपर्ने बताएका थिए ।
- त्रिविसभा बस्ने दिन सहकुलपति समेत रहेकी शिक्षामन्त्री विद्या भट्टराईले उपकुलपति बराललाई प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पेश नगर्नु भन्नुभएको छ भनेर जानकारी गराइन् । बरालका लागि यो ठूलै झट्का थियो । नीति तथा कार्यक्रम पारित नभएपछि बजेट खर्च हुन सक्ने कुरै थिएन, प्रधानमन्त्रीले उपकुलपतिको काममा भाँजो हालेका थिए ।
- उपकुलपति बराल एक नम्बरमा भएकाहरुलाई नै डिन नियुक्त गर्न चाहन्थे । तर फेरि पनि उनलाई अझ ठूलो झट्का लाग्यो । उनले सम्झौता रोजे ।
- त्रिविसभाको २०८१ मंसिर २७ गते बसेको बैठकको निर्णय प्रधानमन्त्री ओलीले ३ महिनासम्म प्रमाणीकरण गरेनन् । बरालले कुलपति ओलीले आफूलाई ह्युमिलेट गरेको महसुस गरे ।
- उपकुलपति बराललाई थप असन्तुष्ट बनाउने कदम भयो, त्रिवि क्रिकेट रंगशालाको पुननिर्माण । बरालका अनुसार यो कामका लागि विश्वविद्यालयसँग कुनै सहमति लिइएन ।
- यसलाई उनले विश्वविद्यालयको स्वायत्ततामाथिकै आक्रमणका रुपमा बुझे । को उपकुलपति भएको बेला यस्तो काम भयो भनेर भविष्यमा हेर्दा आफूमाथि कालो धब्बा लाग्छ भन्ने निष्कर्ष निकाले र, राजीनामा दिने निर्णयमा पुगे ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो

निवर्तमान शिक्षामन्त्रीले नेता र सांसदलाई पढाएको पाठ
आइतबार, वैशाख १४, २०८२

ट्राफिक प्रहरीले किन गुमाउँदैछ संयमता ?
शनिबार, वैशाख १३, २०८२

पाकिस्तानविरुद्ध भारतको ‘वाटर स्ट्राइक’
शुक्रबार, वैशाख १२, २०८२

सरकारले खान नमानेको सिटामोल
मंगलबार, वैशाख ९, २०८२

सीके राउतलाई आलिसान घर, कोषाध्यक्षलाई हत्कडी
सोमबार, वैशाख ८, २०८२

सफल स्टार्टअप ओलाको संकट
सोमबार, वैशाख ८, २०८२
ट्रेन्डिङ