एक्सप्लेनर भिडियो
बरालले खुलाए राजीनामाको कारण : प्रधानमन्त्रीबाटै पटक पटक हस्तक्षेप भयो
- त्रिभुवन विश्वविद्यालयको हालखबर ठीक छैन । किनकी उपकुलपति डा. केशरजंग बरालले २०८१ चैत १६ गते राजीनामा दिएका छन् ।
- उनले राजीनामाको प्रष्ट कारण खुलाएका छन्, राजनीतिक हस्तक्षेप । त्यतिमात्र होइन, हस्तक्षेप गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली हुन् भनेका छन् ।
- केशरजंग बरालको भनाइमा प्रधानमन्त्रीले विश्वविद्यालय सुधारको काममा त ध्यान दिएनन्, बरु बाधा विरोध गर्ने काम गरे ।
- अहिले सुधारको काम तत्कालका लागि ब्रेक लागेको छ । किनकी उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरिसके ।
- एकदिन तत्कालीन प्रधामनन्त्री प्रचण्डले बरारललाई केपी ओलीतर्फ देखाएर उहाँहरुले पठाएको व्यक्ति रेक्टर र रजिस्ट्रारमा नियुक्त गर्नुपर्ने बताएका थिए ।
- त्रिविसभा बस्ने दिन सहकुलपति समेत रहेकी शिक्षामन्त्री विद्या भट्टराईले उपकुलपति बराललाई प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पेश नगर्नु भन्नुभएको छ भनेर जानकारी गराइन् । बरालका लागि यो ठूलै झट्का थियो । नीति तथा कार्यक्रम पारित नभएपछि बजेट खर्च हुन सक्ने कुरै थिएन, प्रधानमन्त्रीले उपकुलपतिको काममा भाँजो हालेका थिए ।
- उपकुलपति बराल एक नम्बरमा भएकाहरुलाई नै डिन नियुक्त गर्न चाहन्थे । तर फेरि पनि उनलाई अझ ठूलो झट्का लाग्यो । उनले सम्झौता रोजे ।
- त्रिविसभाको २०८१ मंसिर २७ गते बसेको बैठकको निर्णय प्रधानमन्त्री ओलीले ३ महिनासम्म प्रमाणीकरण गरेनन् । बरालले कुलपति ओलीले आफूलाई ह्युमिलेट गरेको महसुस गरे ।
- उपकुलपति बराललाई थप असन्तुष्ट बनाउने कदम भयो, त्रिवि क्रिकेट रंगशालाको पुननिर्माण । बरालका अनुसार यो कामका लागि विश्वविद्यालयसँग कुनै सहमति लिइएन ।
- यसलाई उनले विश्वविद्यालयको स्वायत्ततामाथिकै आक्रमणका रुपमा बुझे । को उपकुलपति भएको बेला यस्तो काम भयो भनेर भविष्यमा हेर्दा आफूमाथि कालो धब्बा लाग्छ भन्ने निष्कर्ष निकाले र, राजीनामा दिने निर्णयमा पुगे ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
सोमबार, साउन १८, २०८३
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
आइतबार, साउन १७, २०८३
निम्स दाइ : एक अदभूत र साहसी आरोही
शनिबार, साउन १६, २०८३
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
शुक्रबार, साउन १५, २०८३
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
बिहीबार, साउन १४, २०८३
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर
बुधबार, साउन १३, २०८३
ट्रेन्डिङ






