एक्सप्लेनर भिडियो
सिण्डिकेटविरुद्ध लडेको मयुर यातायात संकटमा
- यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध फ्रन्टमा उत्रिएको थियो मयुर यातायात । बसमा आरामदायी सिटसहित पुराना बसमा भन्दा धेरै सुविधा थियो ।
- सिन्डिकेट विरुद्ध उभिंदा मयूर यातायात लोकप्रिय पनि भयो । यति लोकप्रिय भयो कि ठाउँ–ठाउँका स्थानीयहरुले आफ्नो रुटमा पनि मयुरको बस हाल्न आग्रह गरे । देश विदेशबाट कम्पनीमा लगानीका प्रस्ताव आए ।
- मयुर यातायातको नेतृत्वकर्ता हुन्, मोहनबहादुर श्रेष्ठ । ओखलढुंगाका श्रेष्ठ २०७४ मा यूएईबाट नेपाल फर्किएका थिए । सुरुमै एउटा समूह बनाएर यातायात कम्पनी दर्ता गरे । करिब ५ करोड लगानी जुटाए । ४५ वटा बस किने ।
- उनले मयुरलाई एसियाकै राम्रो यातायात कम्पनी बनाउने सपना देखेका थिए । उनले एकैपटक १०० वटा बस किन्ने घोषणा गरे । उनको शब्दमा भन्दा ‘केही वर्षमा देशका सडक मयुरमय हुनेवाला’ थियो ।
- तर अहिले मयुर यातायात बन्द हुने अवस्थामा पुगेको छ । मयूरका नाममा चलिरहेको ९० मध्ये ४५ वटा बस लिलाम हुनेछ । बाँकी बस पनि के हुन्छ भन्न सक्ने अवस्था छैन । किनकी त्यसका पनि सुरुका धेरै साझेदार बाहिरिसके, हर्ताकर्ता श्रेष्ठ संकटमा छन् ।
प्रकाशित मिति:
बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सोमबार, मंसिर २९, २०८२
सरुवाले शिक्षकलाई रुवायो
शनिबार, मंसिर २७, २०८२
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा
बिहीबार, मंसिर २५, २०८२
नेपालको एक असफल परियोजना, कायापलटको सपना अधुरै
सोमबार, मंसिर २२, २०८२
अनियमितताले उठ्न नसकेको महानगरको भवन
सोमबार, मंसिर २२, २०८२
विन्दास मन्त्रीको मन्त्रालय फुटाउने हुटहुटी
आइतबार, मंसिर २१, २०८२
ट्रेन्डिङ



-1765351207.jpg)


