एक्सप्लेनर भिडियो
सिण्डिकेटविरुद्ध लडेको मयुर यातायात संकटमा
- यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध फ्रन्टमा उत्रिएको थियो मयुर यातायात । बसमा आरामदायी सिटसहित पुराना बसमा भन्दा धेरै सुविधा थियो ।
- सिन्डिकेट विरुद्ध उभिंदा मयूर यातायात लोकप्रिय पनि भयो । यति लोकप्रिय भयो कि ठाउँ–ठाउँका स्थानीयहरुले आफ्नो रुटमा पनि मयुरको बस हाल्न आग्रह गरे । देश विदेशबाट कम्पनीमा लगानीका प्रस्ताव आए ।
- मयुर यातायातको नेतृत्वकर्ता हुन्, मोहनबहादुर श्रेष्ठ । ओखलढुंगाका श्रेष्ठ २०७४ मा यूएईबाट नेपाल फर्किएका थिए । सुरुमै एउटा समूह बनाएर यातायात कम्पनी दर्ता गरे । करिब ५ करोड लगानी जुटाए । ४५ वटा बस किने ।
- उनले मयुरलाई एसियाकै राम्रो यातायात कम्पनी बनाउने सपना देखेका थिए । उनले एकैपटक १०० वटा बस किन्ने घोषणा गरे । उनको शब्दमा भन्दा ‘केही वर्षमा देशका सडक मयुरमय हुनेवाला’ थियो ।
- तर अहिले मयुर यातायात बन्द हुने अवस्थामा पुगेको छ । मयूरका नाममा चलिरहेको ९० मध्ये ४५ वटा बस लिलाम हुनेछ । बाँकी बस पनि के हुन्छ भन्न सक्ने अवस्था छैन । किनकी त्यसका पनि सुरुका धेरै साझेदार बाहिरिसके, हर्ताकर्ता श्रेष्ठ संकटमा छन् ।
प्रकाशित मिति:
बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





