एक्सप्लेनर भिडियो
                                                        युनिटीका नाममा यसरी ठगिएको थियो ६ अर्ब
- २०६२–०६३ पछिको खुला समयमा धेरै नेपालीमा छिटै धनी हुने चाहना थियो । त्यसलाई सजिलै दुरुपयोग गरिदियो युनिटी लाइफ इन्टरनेशन नामको कम्पनीले । उसले बीमा र स्वास्थ्य कार्यक्रमका नाममा सर्वसाधारणसँग पैसा उठायो ।
 - बीमा हुने, निशुल्क उपचार हुने, प्रिमियमको रकमबाट बैंकको मुद्दती खातामा भन्दा बढी ब्याज पाइने, अनि अरु सदस्य बनाए कमिसन पनि पाइने लोभ देखायो ।
 - नेपालमा ४ लाख हाराहारी र विदेशमा समेत सदस्य बनायो । उनीहरुबाट ४ अर्ब रुपैयाँ भन्दा बढी पैसा संकलन गर्यो । यो पैसा अस्पताल, डिपार्टमेन्ट स्टोर्स, ट्राभल एण्ड टुर्स, हवाइ जहाज, डेरी उद्योग आदिमा लगानी गर्ने भन्यो । देशका धेरै ठाउँमा अस्पताल र डिपार्टमेन्ट स्टोर्स पनि खोल्यो । सम्पत्ति बढाएर ६ अर्ब हाराहारी पुर्यायो ।
 - तर बीमा पोलिसी बेच्न र बैंकले जस्तो आर्थिक कारोबार गर्न उसले अनुमति लिएको थिएन । आफ्ना कार्यक्रम बेच्न देशभरि एजेन्टहरु खटायो । सदस्यवापत राम्रो कमिसनको लोभ देखायो । कतिले एक्लै सदस्य बने, कतिले घर परिवार र साथीहरुलाई पनि सदस्य बनाए ।
 - एजेन्टहरुले धेरै व्यक्तिलाई सदस्य बनाएर लाखौं रकम एकै पटक कम्पनीलाई बुझाए । तर अन्तिममा सबै ठगिए ।
 - यो मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चसम्म आयो । सर्वोच्चले ७ जना सञ्चालक र २ जना कर्मचारीलाई जेल सजायको फैसला गर्यो । तर के ठगीमा परेकाहरुले पैसा फिर्ता पाउलान् त ?
 
                                                                    प्रकाशित मिति: 
                                            शुक्रबार, वैशाख ५, २०८२
                                        
                                                            
                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                एक्सप्लेनर भिडियो
                                                                        
                                                    सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
                                                                                                                    मंगलबार, कात्तिक १८, २०८२
                                                                                                            
                                                
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    कता अड्कियो चीनको रेल ?
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    





