एक्सप्लेनर भिडियो
युनिटीका नाममा यसरी ठगिएको थियो ६ अर्ब
- २०६२–०६३ पछिको खुला समयमा धेरै नेपालीमा छिटै धनी हुने चाहना थियो । त्यसलाई सजिलै दुरुपयोग गरिदियो युनिटी लाइफ इन्टरनेशन नामको कम्पनीले । उसले बीमा र स्वास्थ्य कार्यक्रमका नाममा सर्वसाधारणसँग पैसा उठायो ।
- बीमा हुने, निशुल्क उपचार हुने, प्रिमियमको रकमबाट बैंकको मुद्दती खातामा भन्दा बढी ब्याज पाइने, अनि अरु सदस्य बनाए कमिसन पनि पाइने लोभ देखायो ।
- नेपालमा ४ लाख हाराहारी र विदेशमा समेत सदस्य बनायो । उनीहरुबाट ४ अर्ब रुपैयाँ भन्दा बढी पैसा संकलन गर्यो । यो पैसा अस्पताल, डिपार्टमेन्ट स्टोर्स, ट्राभल एण्ड टुर्स, हवाइ जहाज, डेरी उद्योग आदिमा लगानी गर्ने भन्यो । देशका धेरै ठाउँमा अस्पताल र डिपार्टमेन्ट स्टोर्स पनि खोल्यो । सम्पत्ति बढाएर ६ अर्ब हाराहारी पुर्यायो ।
- तर बीमा पोलिसी बेच्न र बैंकले जस्तो आर्थिक कारोबार गर्न उसले अनुमति लिएको थिएन । आफ्ना कार्यक्रम बेच्न देशभरि एजेन्टहरु खटायो । सदस्यवापत राम्रो कमिसनको लोभ देखायो । कतिले एक्लै सदस्य बने, कतिले घर परिवार र साथीहरुलाई पनि सदस्य बनाए ।
- एजेन्टहरुले धेरै व्यक्तिलाई सदस्य बनाएर लाखौं रकम एकै पटक कम्पनीलाई बुझाए । तर अन्तिममा सबै ठगिए ।
- यो मुद्दा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चसम्म आयो । सर्वोच्चले ७ जना सञ्चालक र २ जना कर्मचारीलाई जेल सजायको फैसला गर्यो । तर के ठगीमा परेकाहरुले पैसा फिर्ता पाउलान् त ?
प्रकाशित मिति:
शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
सांसद तर्साउने रास्वपाको अस्त्र राइट टु रिकल
शनिबार, चैत ७, २०८२
आशिका 'दिदी'ले बदलेको मैदान, फेरिएला त शैली ?
मंगलबार, चैत ३, २०८२
रास्वपाले गर्न सक्छ कर्मचारीको दलीय ट्रेड युनियन खारेज
आइतबार, चैत १, २०८२
बालेन ५ वर्ष सरकार चलाऊ, संविधान नचलाऊ
बिहीबार, फागुन २८, २०८२
जेन-जी माननीयहरु
मंगलबार, फागुन २६, २०८२
रास्वपाले संविधान चलाउन सक्छ ? राष्ट्रपति के गर्छ ?
सोमबार, फागुन २५, २०८२
ट्रेन्डिङ

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

