एक्सप्लेनर भिडियो
पोखरा विमानस्थलमा कसरी भयो १० अर्ब भन्दा बढी भ्रष्टाचार ?
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको विषय नयाँ रहेन । त्यहाँ कसले कति र कसरी भ्रष्टाचार गरेको छ भन्ने मात्रै खोजीको विषय हो । उनीहरु कारबाहीमा पर्छन् कि उन्मुक्ति पाइरहन्छन् भन्ने अर्को प्रश्न हो ।
- संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलको अनियमितताका तथ्यहरु खोजेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले स्थलगत अध्ययन गरेरै प्रतिवेदन पनि तयार गरिसकेको छ ।
- प्रतिवेदनले पोखरा विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे अनेकन विषयहरु खोतलेको छ ।
- यो प्रतिवेदनको सार हो, पोखरा विमानस्थलमा साँच्चिकै अनियमितता र भ्रष्टाचार भएको छ ।
- प्रतिवेदनले आयोजना बनाउनुभन्दा अघि नै यसमा गडबडी सुरु भइसकेको उल्लेख गरेको छ ।
- प्रतिवेदनको दोस्रो सार हो, ठेक्का लगाउने बेलामा नै भ्रष्टाचार भयो ।
- प्रतिवेदनको तेस्रो सार हो, सम्झौता विपरीत निर्माणको काम गरेको मात्रै हैन, हुँदै नभएको कामको भुक्तानी गरेको र ठेकेदारले गर्नुपर्ने खर्च उड्डयन प्राधिकरण आफैंले गरेको भेटिएको छ ।
- प्रतिवेदनअनुसार विमानस्थल बनाउँदा माटोबाटै गडबडी सुरु भएको थियो ।
- प्रतिवेदनको चौंथो सार हो, विमानस्थलमा भोलिका दिनमा पनि समस्या आउनेछ ।
- समग्रमा संसदीय उपसमितिले १० अर्बभन्दा बढीको भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । र, को–कसलाई अनुसन्धान गरेर कारवाही गर्ने भनेर नाम नै किटेर सिफारिस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारको नाम पहिलो नम्बरमा छ ।
प्रकाशित मिति:
शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





