एक्सप्लेनर भिडियो
                                                        पोखरा विमानस्थलमा कसरी भयो १० अर्ब भन्दा बढी भ्रष्टाचार ?
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको विषय नयाँ रहेन । त्यहाँ कसले कति र कसरी भ्रष्टाचार गरेको छ भन्ने मात्रै खोजीको विषय हो । उनीहरु कारबाहीमा पर्छन् कि उन्मुक्ति पाइरहन्छन् भन्ने अर्को प्रश्न हो ।
 - संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलको अनियमितताका तथ्यहरु खोजेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले स्थलगत अध्ययन गरेरै प्रतिवेदन पनि तयार गरिसकेको छ ।
 - प्रतिवेदनले पोखरा विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे अनेकन विषयहरु खोतलेको छ ।
 - यो प्रतिवेदनको सार हो, पोखरा विमानस्थलमा साँच्चिकै अनियमितता र भ्रष्टाचार भएको छ ।
 - प्रतिवेदनले आयोजना बनाउनुभन्दा अघि नै यसमा गडबडी सुरु भइसकेको उल्लेख गरेको छ ।
 - प्रतिवेदनको दोस्रो सार हो, ठेक्का लगाउने बेलामा नै भ्रष्टाचार भयो ।
 - प्रतिवेदनको तेस्रो सार हो, सम्झौता विपरीत निर्माणको काम गरेको मात्रै हैन, हुँदै नभएको कामको भुक्तानी गरेको र ठेकेदारले गर्नुपर्ने खर्च उड्डयन प्राधिकरण आफैंले गरेको भेटिएको छ ।
 - प्रतिवेदनअनुसार विमानस्थल बनाउँदा माटोबाटै गडबडी सुरु भएको थियो ।
 - प्रतिवेदनको चौंथो सार हो, विमानस्थलमा भोलिका दिनमा पनि समस्या आउनेछ ।
 - समग्रमा संसदीय उपसमितिले १० अर्बभन्दा बढीको भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । र, को–कसलाई अनुसन्धान गरेर कारवाही गर्ने भनेर नाम नै किटेर सिफारिस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारको नाम पहिलो नम्बरमा छ । 
 
                                                                    प्रकाशित मिति: 
                                            शनिबार, वैशाख ६, २०८२
                                        
                                                            
                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                एक्सप्लेनर भिडियो
                                                                        
                                                    सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
                                                                                                                    मंगलबार, कात्तिक १८, २०८२
                                                                                                            
                                                
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    कता अड्कियो चीनको रेल ?
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    





